रेवत राई र मेलिना राईको युगल गीति एल्बम “अलग उपहार” को विमोचन गरियो

ईन्द्र जिजीबिषा-काठमाडौ १७ चैत्र,गायक रेवत राई र गायिका मेलिना राईको युगल गीति एल्बम “अलग उपहार” को विमोचन गरिएको छ । अलग आर्ट हबको आयोजनामा काठमाडौको अनाम नगरस्थित मण्डला थियटरमा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा उक्त एल्बम विमोचन गरिएको हो ।

कार्यक्रमा बोल्दै, संगीतकार लक्षण शेषले भने, ” गायिका मेलिना राई वर्तमान नेपाली गीत-संगीत क्षेत्रमा सबै भन्दा धेरै रुचाईएको, सबै भन्दा राम्रो सुरमा गाउन सक्ने गायिका हुन् मेलिना राई” । रेवत राई त ज्वाला मुखी जस्तो भएर बसेका रहेछन् । यत्रो बर्ष तयारि गरेर आज बिष्फोट भएको छ । यो एल्बममा समेटिएको गीतहरुलाई सुनेपछि मलाई त्यस्तो लागेको हो । दुवैजना नेपाली गीत-संगीत क्षेत्रमा स्थापित भईसकेको कारण दुवैजना सदाबहार सुपर स्टार बन्नेछन् “।

त्यस्तै कार्यक्रममा बोल्दै गीतकार ईश्वर चाम्लिङ्गले भने,”अलग उपहार” एल्बम भाग २, ३ हुदै जाने छ । तर आगामी कलाकारहरु को-को रहने भन्ने अहिले नै तय नभई सकेको बताए । केही बर्ष अगाडि गायक कुवेर राई वेलायत आउदा त्यतिबेला हामीले यस्तै उपहार कुवेर लाईलाई दिन सकेको भए आज कुवेर राई ईलाममा मकै गोड्दै गरेको हुन्थेन । यसर्थ आगामी “अलग उपहार”मा को-को कलाकार समेटिने हुन् ? त्यो अहिले नै भन्न नसकिने बताए । “अलग उपहार” एल्बममा गायक रेवत राई र मेलिना राईले अत्यन्तै मेहनत गरी मार्मिक ढंगले स्वर भरेर गीतको शब्दलाई न्याय गरेको बताए ।

यस्तै कार्यक्रमको प्रमुख अतिथि रहेका बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले भने ” संगीत कहिले पनि चुलिन्दैन । चुलियो भने एकदिन पोखिन्छ । यसर्थ संगीत सधै सदाबहार हुन्छ । “अलग उपहार” गीति एल्बमका दुवै गायक गायिका र स्रस्टाहरुलाई बधाई छ । “अलग उपहार” सधै अलग उपहारनै भएर रहोस “।

अलग उपहार गीति एल्बममा ८ वटा गीतहरु समाबेस गरिएका छन् । जसमा “मेरो मनको मीत” “आपाको छोरी” “यो हाम्रो नाता” “आज हामी” “जिन्दगी गोरेटोमा””तिम्रो घरको””मेरो जिन्दगीमा”र “अलिकति बोलको गीतहरु रहेका छन् । उक्त गीतहरुलाई मुकेश राई,ईश्वर चाम्लिङ्ग,हेमकुमार राई,किरण चाम्लिङ्ग राई,डिल्लिराम राई,नवराज राई,जगत नवोदित राई,विश्वकाजी राईले शब्द रचना गरेका छन् भने, महेश खड्का,आभा मुकारुङ्ग,शान्तिराम राई,रेवत राई,वशन्त सापकोटा तारा प्रकाश लिम्बु र अर्जुन पोख्रेलले संगीत भरेका छन् । साहस शाक्य,पविधन खालिङ्ग,दिनेश सुनाम,उदयराज पौडेल,धिरज श्रेष्ठ,महाराज थापा र आमोस तामाङ्गले एरेन्ज गरेका छन् ।

“अलग उपहार’मा समाविष्ट दुई गीतको म्युजिक भिडियो यो भन्दा अगाडि नै सार्वजनिक भईसकेको छ । उक्त दुई भिडियोलाई इमिडिया हबको युट्युब च्यानलले सार्वजनिक गरेको थियो ।

अलग आर्ट हबका संचालक तथा संगीतकार मण्डल साम्पाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शम्भुजित बास्कोटा रहेका थिए । अन्य अतिथिहरुमा संगीतकार लक्ष्मण शेष,प्राज्ञ शान्तिराम राई,भिषण मुकारुङ्ग,इमिडिया हबका सीइयो ईश्वर चाम्लिङ्ग,डाक्टर कोयी,पारस मुकारुङ्ग, महेश खड्का,प्राज्ञ नारदमणि हार्ताम्छाली लगायत अन्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *