रेवत र मेलिनाको अलग उपहारमा ‘अलिकती प्रीतको नशाले ताने’पछि प्रियंका र जिवन नाच्न थाले

मंसीर २२ काठमाडौ,युवा गायक रेवत राई र गायिका मेलिना राईद्वारा स्वरबद्ध साङ्गीतिक युगल एल्बम ‘अलग उपहार’को पहिलो भिडियो ‘अलिकति प्रीतको नशाले तान’ यूट्यूवमार्फत् सार्वजनिक भएको छ । विश्वकाजी राईले लिपिबद्ध गरेको यसगीतलाई अर्जुन पोखरेलले सङ्गीत गरेका हुन् भने आमोस तामाङको सङ्गीत संयोजन रहेको छ । कलाकारद्वय प्रियङ्का कार्की र जीवन भट्टराईको अभिनय र राजिव समरको कोरियोग्रापी रहेको भिडियोलाई निकेस खड्काले निर्देशन गरेका छ्न् ।

अलग उपहारमा विश्वकाजीको अलवा इश्वर चाम्लिङ, मुकेश राई, हेमकुमार राई, डिल्लिराम राई, जगत नवोदित, किरण चाम्लिङ राई र नवराज राईको शब्दलाई शान्तिराम राई, महेश खड्का, तारा प्रकाश लिम्बु, अर्जुन पोखरेल, बसन्त सापकोटा, आभा मुकारुङ, र रेवत राईले सङ्गीतबद्ध गरेका छन् ।

अलग उपहारमा समाविष्ट अरु गीतका भिडियोहरु पनि धमाधम बन्दैछन् । उत्पादक तथा वितरक इमिडिया हबले जनाए अनुसार एल्बमको औपचारिक विमोचन चाँडै हुनेछ ।
भिडियो हेर्न यहाँ क्लिक्क गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *