रोजगारीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, १९ पुस- रोजगारीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । रोजगारीका लागि विदेश जानु पर्ने बाध्यताको अन्त्य हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुलभ रुपमा पाउनुपर्ने माग गर्दै राष्ट्रवादी केन्द्रले काठमाडौंको भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्‍याली निकालेर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा विभिन्न पेशामा आबद्ध पेशाकर्मी, युवा, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागीले स्वदेशमै देशमै काम गरी खान देउ, सबै नेपालीलाई रोजगार देउ, काम अनुसारको दाम सुनिश्चित गर लगायत नारा लेखिएका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *