लण्डनमा नेपालीको घरबाट २५ लाख बराबरको धनमाल चोरी

लण्डन ६ भदौ-वेलायतको हन्स्लो काउन्सिल अन्तर्गतको फेलथानमा बस्ने एक नेपालीको घरमा सुनको गरगहना छोरि भएको छ । बाग्लुङ अमलाचौरबाट आएर लन्डनमा बसोबास गर्दै आएका कृष्णप्रसाद शर्माको घरबाट दिउँसै नगद र गरगहनासहित करिब २५ लाख रुपैयाँको चोरी भएको हो। चोरले घरको ढोका फोरेर गरगहना र नगद लगेको छ।

शर्माका अनुसार करिव २५ बर्षदेखि संकलन गरेको करिब २२ लाख रुपैयाँ बराबारको सुन तथा चाँदी र ३ लाख रुपैयाँ नगद घरबाट चोरी भएको छ। शुक्रवार साँझ ५ जनाको समूहमा आएका चोरले घरको बायाँ पट्टीको गेटबाट भित्र छिरेर पछाडिको ढोका फोरेर भित्र पसेको सीसीटिभी क्यामराको फुटेजमा प्रष्ट देख्न सकिन्छ।

शर्माका अनुसार चोरले साँझ ६ देखि ७ बजेको बीचमा घरमा कोही पनि नभएको मौका छोपेर चोरी गरेका छन्। चोरको समूह घरभित्र प्रवेश गर्नु अघि एकजना सामान्य भेषमा आएर ढोका ढकढकाएको र ढोका नखोलेपछि फर्किएर गएर अरु ४ जनालाई बोलाएर ल्याएको दुश्य सिसीटिभीको फुटेजमा कैद भएको छ।

चोरी हुने बेलामा शर्माकी श्रीमती बिमला शर्मा र छोरी विरायना शर्मा स्थानीय गोर्खा नेपाली कम्युनिटीले आयोजना गरेको तीज कार्यक्रममा सहभागी हुन गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *