लन्डन आगलागीमा अहिले सम्म ३० जना घाईते

लन्डन ३१ जेठ- पश्चिम लन्डनमा अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी हालसम्म ३० जना घाइते भएका छन् । सो भवनमा बुधबार रातको १ बजे आगो लागेको हो । २७ तल्ले उक्त भवनमा तल सुपरमार्केट र माथि २०० जना मानिसहरु बस्ने गर्थे । आगलागीमा परी घाइते हुनेको संख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको छ ।

आगो के कसरी लागेको हो भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ । बुधबार बिहानको १ बजे सो भवनमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । भवनको करिब २५ औँ तलाबाट आगो निस्किएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *