ललितपुरको मत परिणाम यस्तो

ललितपुर, २२ मंसिर – ललितपुर क्षेत्र नम्बर २ मा एमाले र ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एमालेका उम्मेदवार कृष्णलाल मर्हजन ९ हजार ५ सय ३२ मत संगै अगाडी छन् भने उनलाई पछ्याउदै नेपाली कांग्रेसका उम्मेदवार चन्द्र मर्हजनले ६ हजार १ सय ७० मत ल्याएका छन् ।

यस्तै, ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले ६ हजार २ सय ४३ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई पछ्याउदै माओवादी केन्द्रकी उम्मेदवार पम्फा भूषालले ५ हजार ५ सय २२ मत ल्याएका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ मा विवेकशील साझ तेस्रो स्थानमा छ । विवेकशील साझाका उम्मेदवार उज्वल कृष्ण श्रेष्ठले अहिले सम्म १२ सय ३५ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *