ललितपुर महानगर पालिका भित्र थुप्रिएको फोहोर नउठेमा यसरी जानकारी गराउने

पौष २३ ललितपुर, स्मार्ट फोनको हाम्रो ललितपुर भन्ने मोबाईल एप्स मार्फत सड़क,घरमा थुप्रिएको फोहरको जानकारी ललितपुर नगरपालिका बासीले लीन दिन सुरु गरेका छन् ।ललितपुर उपमहानरपालिकाले सार्वजनिक स्थानबाट फोहोर नउठेको गुनासो, उजुरी तथा सूचना मोबाइल एप्समार्फत लिन सुरु गरेको हुन् ।

उपमहानगरपालिकाले आफ्नो सेवालाई प्रविधिसँग जोड्न भन्दै ‘हाम्रो ललितपुर’ नामको मोबाइल एप प्रयोगमा ल्याएको छ । यसलाई स्मार्टफोन प्रयोगकर्ताले एप स्टोरबाट सजिलै डाउनलोड गर्न सक्छन् । यसरी एप्समार्फत दिइएको यो सूचना उपमहानगरको वातावरण महाशाखामा पुग्छ र तत्कालै त्यसलाई हटाउन टोली खटिनेछ । यो प्रविधिमार्फत उपमहानरभित्रबाट जसले पनि सूचना गर्न सक्छ ।

सफा ललितपुर एप नेपाली भाषामा स्पष्ट बुझ्ने शब्दमै छ । एप डाउनडोड गरेपछि ‘सफा ललितपुर’ मेनुमा क्लिक गर्नासाथ ‘फोहोर उठेन रिपोर्ट गर्नुस्’ भन्ने अप्सन देखिन्छ ।त्यसमा पनि क्लिक गरेपछि क्रमैसँगै पुराना गरिएका रिपोर्ट देखिन्छ भने सबैभन्दामाथि ‘नयाँ रिपोर्ट गर्नुस्’ भन्ने अप्सन देखिन्छ । त्यसमा पनि क्लिक गरेरभित्र जानुपर्छ । त्यसपछि भने विभिन्न छोटा विवरणहरु भर्नुपर्छ । जसमा फोहोरको प्रकार, आफ्नो नाम, फोन नम्बर र फोहोरको कुनै विवरण भए भुर्नपर्छ ।

स्थानमा चिन्ह लगाउने अप्सन पनि सँगै हुन्छ । गुगल नक्साका आधारमा फोहोर थुपि्रएको ठाउँमा चिन्ह लगाएर रिपोर्टलाई पठाउनुपर्छ । रिर्पोटको यो प्रक्रिया निकै सजिलो हुन्छ । र, यसैका आधारमा केही घण्टाभित्रै तपाईंको गाउँ, टोल सफा हुन सक्छ ।

उपमहानगरपालिकाले नगरबासीलाई एप डाउनलोड गरेर राख्न र फोहोरबारेको सूचना दिएर सहयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *