लायन्स क्लब अफ पोखरा र फेवा सिटीद्रारा ३ लाख ५० हजार मुल्य बराबरको न्यानो कपडा वितरण

रौतहट, २६ पुस- तराईमा बढ्दै गएको चिसोलाई दृष्टिगत गर्दै परोहा नगरपालिकाकामा न्यानो लुगा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा माउन्टेन सिटी र लायन्स क्लब अफ फेवा सिटी द्रारा संयुक्त रुपमा रौतहटको क्षेत्र नं २ परोहा नगरपालिकाका वडा नम्बर ८ मोतिपुर नरकटिया टोलमा २०० र वडा नम्बर ९ रामपुरमा ५० गरी जम्मा २ सय ५० गरिब, दलित एवं विपन्न घर परिवारलाई एक थान, कम्बल, ज्याकेट र सुईटर वितरण ग्सरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल नेपाल ३२५ बि.ए.वन.को डिस्टीक एडभाइजर धनीराम बरालले चिसोको कारण हाल सम्म रौतहटमा ६ जनाको मृत्यु भएको खबरले हामी मर्माहीत भई कुनै सहारा नभएका अनाथ, अपांग, वृद्धवृद्धा लगायतलाई लुगाफाटोको अभावमा मरी मरी जान जोगाउन लागेका व्यक्तिलाई कसरी जाडो छल्छन् भने हामीले राहत लिएर आएको बताए ।

जबकी हामी बन्द कोठामा बाक्लो न्यानो कपडा, विधुतीय आगो, छिनछिनमा चिया वा अन्य शरिर तातो हुने प्रयोग गर्दा पनि राती सुत्दा जाडो छल्न मुस्किल भइरहेको अवस्थामा गरिबहरु कसरी बाचिरहेको होला भने तपाईको लागि ३ लाख ५० हजार मुल्य बराबरको न्यानो कपडा यहाँ रहनु भएको असहायलाई दिन बाडन आएको बताएका छन ।

कार्यक्रममा बिशिष्ट अतिथि लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीको अध्यक्ष कृष्ण प्र. पराजुली तराईमा चिसोले जनजीवन कष्टकर बनेकोले हामी जाडोमा गरिब, दलित एवं विपन्न परिवार भएको ठाँउ लाई नै लक्षित गरि पोखराबाट धेरै टाढा भएपनि राहत स्वरुप न्यानो लुगा सहयोग गर्न पाएकोले आफु भाग्यमानी रहेको बताएका छन ।

कार्यक्रममा बिशिष्ट अतिथि लायन्स क्लब अफ फेवा सिटीको अध्यक्ष लक्ष्मी बरालले एकसाता भन्दा लामो समयदेखि चलेको शितलहरले प्रभावित भएका वृद्धवृद्धा, दलितहरुको जिउमा तातो लुगा होस भने उदेशयले कम्बल वितरण गर्न आएको बताईन ।

स्थानीय सहजकर्ता मधेश प्रदेश अनलाईन अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष पत्रकार अभिमनु कुमार पटेल र स्थानीय सहयोगी लायन्स क्लब अफ रौतहट भिजन नेपाल रहनु भएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीका सचिव राजु देवकोटा, ससचिव समी बराल, कोषाध्यक्ष सुजन वास्तोला र लायन्स क्लब अफ फेवा सिटीका राधिका शर्मा, गीता लामीछाने, दुर्गा लामिछाने, बसन्त गिरी, पुरेनवा आँखा अस्पतालका नागेश्वर चौधरी, पवन न्यौपाने, सत्येन्द्र पाण्डे लगायत दर्जनौ व्यक्तिको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *