‘लुट-२’ ले दुई दिनमा ३ करोड भन्दा धेरैको कलेक्सन गर्‍यो

फागुन १५ काठमाडौ, ‘लुट-२’ ले दुई दिनमा ३ करोड भन्दा धेरैको कलेक्सन गरेको छ ।शुक्रबार रिलिज भएको सिनेमा ‘लुट-२’ ले सुरुवाति दुई दिनमै तीन करोडको कारोबार गर्दै दुई दिनमा अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको छ ।

निश्चल बस्नेतको निर्देशन अनि नरेन्द्र महर्जन र माधव वाग्लेको निर्माण रहेको ‘लुट–२’ मा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, सिर्जना सुब्बा लगायत कलाकारको मुख्य भूमिका छ । अहिले यो सिनेमा काठमाडौंका सबै हलहरु र काठमाडौ बाहिरका ८० वटा हलमा चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *