लोकमानले सार्वजनिक गर्न लागेको भनिएको सूचीमा तीनै दलका नेताहरुको नाम रहेको :शेखर कोइराला

पौष १८ काठमाडौ,नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदमा महाअभियोग प्रस्ताव हुनु अघि अख्तियार प्रमुख लोकमान सिंह कार्कीले छानविनका लागि सार्वजनिक गर्न लागेको भनिएको नेताहरुको सूची लावारिस हुन नहुने बताएका छन् । साथै उनले एमाले र माओवादीले राति १० बजे महाअभियोग दर्ता गर्नुको कारण खुलाउनु पर्ने बताए ।
उनले लोकमानले सार्वजनिक गर्न लागेको भनिएको सूचीमा तीनै दलका नेताहरुको नाम रहेको पनि दाबी गरे ।

‘लोकमान जानुपर्छ, जाउन् तर, त्यो प्रकरणमा राति १० बजे संसद खुलाएर दर्ता गरिएको छ, केही व्यक्तिहरुको नाम सार्वजनिक गर्न खोजेको थियो लोकमानले भन्ने आइरहेको छ,’ उनले भने, ‘म त चाहन्छु मेरो नाम परोस् । परेको छ भने म फेस गर्छु । तर, अख्तियार प्रमुखसँग डराएर भाग्नु हुँदैन । ती नाम लावारिस नहुन् भन्ने मेरो चाहना हो ।’ उनले अघि भने, ‘त्यसमा एमालेका पनि छन्, माओवादीका पनि छन्, कांग्रेसका पनि छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *