लोडसेडिंग अन्त्यको बिरुद्धमा केहि राजनीतिक दलहरु

मंसिर २७ काठमाडौ,१८ घण्टा सम्म लोडसेडिंग झेलेका काठमाडौ बासीहरुले काठमाडौलाई लोडसेडिंग मुक्त गरिएपछि लोडसेडिङ न्यूनिकरण अभियानका विरुद्ध राजनीतिक क्षेत्रबाट समेत अवरोध शुरु भएको उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयमा आयोजित ‘विद्युत चुहावट नियन्त्रण सम्बन्धी’ बैठकमा मन्त्री शर्माले लोडसेडिङ न्यूनिकरण अभियानलाई असफल पार्न कतिपय राजनीतिक पार्टीहरुले समेत षडयन्त्र शुरु गरेको बताए ।भारतबाट विद्युत आयात गर्नको लागि निर्माणाधीन रक्सौल- परवानीपुर प्रसारण लाईनको काम रोक्न कतिपय स्थानीय राजनीतिक दलले अवरोध सृजना गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले अहिले हरेक मन्त्रालय र विभागहरुमा आ-आफु प्रधानमन्त्री बन्ने क्रम व्याप्त रहेकाले प्रधानमन्त्री प्रचण्डले दिएका निर्देशनहरुको कार्यान्वयन सन्तोषजनक नभएको टिप्पणी गरे ।मन्त्री शर्माले हाल परिभाषा गरिएको टेक्निकल र नन टेक्निकल चुहावटको कुराभन्दा पनि बिद्युत प्राधिकरणमा

यसअघि हुने गरेको भ्रष्टाचार र कालाबजारी मुख्य समस्या रहेको बताए ।‘अहिले पनि प्राधिकरण बोर्डका कतिपय सदस्यहरुले विद्युत जेनेरेशन कम्पनी निर्माण हुन नदिने षडयन्त्र गरिरहेका छन्’ उर्जा मन्त्रालयद्धारा स्पष्टीकरण सोधिएका प्राधिकरण संचालकत्रय लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेप्रति इंगित गर्दै उनले भने-‘त्यस्तो अवरोध नहटाई अघि बढ्न संभव छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *