वाम गठबन्धनको सरकार चाँडै बन्छ : पूर्वसभामुख नेम्वाङ्ग

काठमाडौ २३ पुस- पूर्वसभामुख सुवास नेम्वाङ्गले अब चाँडै नै वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । ‘सरकार बन्ने कुरामा केही चुनौतीहरु रहेकोले केही ढिलाई हुने देखिएपनि सरकार बन्छ’ आज राजधानीस्थित सञ्चार केन्द्र नेपालमा आयोजित ‘वाम गठबन्धनका चुनौती र अब बन्न स्थायी सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा नेम्वाङ्गले अध्यादेश जारी भएको महिना दिन वितिसक्दासमेत राष्ट्रियसभाको निर्वाचनको मिति तोक्न ढिलाई हुनुमा वाम गठबन्धनको नयाँ सरकार गठन हुने डरले सरकार समय लम्ब्याउन खोजेको हो कि भन्ने आशंका व्यक्त गरे । नेम्वाङ्गले प्रदेश राजधानी तोक्न समेत ढिलाई गरेको बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवा सरकारले अनावश्यक रुपमा नियुक्ति गर्नतिर लागेको आरोप पनि लगाए ।

जनताले निर्वाचनबाट वाम गठबन्धनलाई घोषणापत्रअनुसार काम गर भनि अनुमोदन गरिदिएकाले जनताको जनादेशको कदर गर्न सुझाव दिँदै जनताको जनादेशलाई स्वीकार गर्न नसकेको बबताए । हतास मनस्थितिमा देखिएको सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको बताउँदै राज्यकोषबाट कराडौं रुपैँया आाफ्ना कार्यकर्ताहरुलाई बाँडिरहेको बताए ।

सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन सम्पन्न भैसकेपछि जनादेश दराजमा थन्काएर राख्न नमिल्ने बताउँदै जनताको जनादेशअनुसार मार्ग प्रशस्त गर्न नेम्वाङ्गले सरकारलाई आग्रह पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *