विकास संगम राईको “घायल चरी” (भिडियो सहित)

काठमाडौ १० भदौ- आधुनिक गीतहरुमा पछिल्लो समय जम्दै गएका गायक विकास संगम राईले “घायल चरी” बोलको आधुनिक गीत सार्वजानिक गरेका छन् । साजन राईको संगीत र विकास संगम राईकै शब्द रचना रहेको यो गीत हालै यु ट्युब मार्फत सार्वजानिक भएको हो । यो गीतको एरेन्ज चन्दु गोर्खालीले गरेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोलाई सुजय गौतमले छायांकन गरेका हुन् भने,टेकेन्द्र शाहले सम्पादन गरेका छन् । यो गीतको म्युजिक भिडियोमा पवन भट्टराई,संचिता शाह,र विकास संगम राईले अभिनय गरेका छन् भने आकाश उखेडाले म्युजिक भिडियोको निर्देशन गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *