पावल चाम्लिङ्गको “सान्नानी” बजारमा (भिडियो सहित)

 

ईन्द्र जिजीबिषा / काठमाडौ २६ भदौ- गायक तथा संगीतकार पावल चाम्लिङ्ग राईको “रिटिङ्ग रिटिङ्ग नबजाउ बिनायो” बोलको गीत सार्वजनिक भएको ३ दिनमै २ लाख ४० हजारभन्दा बढिले हेरी सकेका छन् । एलपी जोशीको शब्द संगीतमा तारादेवी, मिरा राना,गङ्गा राना र एलपी जोशीले २०१७ सालमै रेकर्ड गरेको यो गीतलाई चर्चित गायक तथा संगीतकार पावल चाम्लिङ्गले रिमिक्स गरेर सार्वजनिक गरेका हुन् ।

“रिटिङ्ग रिटिङ्ग नबजाउ बिनायो” रिमिक्स गीतमा गायक तथा संगीतकार पावल चाम्लिङ्ग राई र मेलिना राईको स्वर रहेको छ । एलपी जोशीको शब्द संगीत रहेको यो गीतमा एरेन्ज भने गायक स्वयम् पावल चाम्लिङ्ग राईले गरेका छन् ।

यो गीतको म्युजिक भिडियोलाई शिवम श्रेष्ठले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन र समन अधिकारीले निर्देशन गरेका छन् । यो गीतको म्युजिक भिडियोमा एलिशा र सुरजले अभिनय गरेका छन् ।

गायक तथा संगीतकार पावल चाम्लिङ्गले आजसम्म ४ वटा गीति एल्बम बजारमा ल्याईसकेका छन् । विक्रम संवत २०६० सालमा “आत्मा” गीति एल्बम सार्वजनिक गरेका पावलले नारायण गोपालको अन्तिम संगीत रहेको “बसेको छ अँधेरीमा सम्झना संगाली” बोलको गीत गाएका थिए । त्यसपछि २०६२ सालमा “मेरो मन” र २०६४ सालमा “डिसाईडेड” गीति एल्बम बजारमा ल्याएका थिए ।

अहिले “सान्नानी” गीति एल्बम बजारमा ल्याएका चाम्लिङ्गले यो गीति एल्बममा “रिटिङ्ग रिटिङ्ग, काली काली काली, तिम्रो तल् तल् , मेरो मुटु जल्दा, घुम्तीमा आउनु र ए हो सान्नानी गरि ६ वटा गीतहरु समेटेका छन् । यसमा शब्द रचना क्रमश एलपी जोशी,सरन जोशी, स्वर्णिम प्रायश्चित, श्री कृष्ण बम मल्ल, रमेश अधिकारी र देवान चाम्लिङ्ग राईको रहेको छ भने, संगीत क्रमश एलपी जोशी,सरन जोशी,पावल चाम्लिङ्ग,हरि लम्साल,तारा प्रकाश लिम्बु र पावल चाम्लिङ्ग राईकै रहेको छ ।

खोटाङ्गको बुइपामा जन्मिएका पावल चाम्लिङ्गको यो भन्दा अगाडि, “माछी मारन हौ” बोलको रिमिक्स गीत अहिले चलि रहेको नेपाल आईडलकी निर्णायक मध्यकी एक ईन्दिरा जोशी संग रेकर्ड गरेका थिए । यो गीत पहिले सुर्य थुलुङ्ग,नविन ढुंगेल,हिरा देवी राई र तिर्थ कुमारीको स्वरमा रेकर्ड भएको थियो ।

गायक तथा संगीतकार पावल चाम्लिङ्गको १ हजार वटा भन्दा धेरै गीत-संगीतहरु रेकर्ड भईसकेका छन् ।

साँखु र नेपालथोकको मनोरम स्थलहरुमा छायांकन गरिएको “रिटिङ्ग रिटिङ्ग नबजाउ बिनायो” गीतको म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *