विद्यालयको गाडीमा आगजानी

गाईघाट २७ असार- अपरिचित समूहले सोमबार राति उदयपुरको एक निजी विद्यालयको गाडीमा आगजानी गरेका छन् । त्रियुगा नगरपालिका ४ सालघारीस्थित क्रिमसन बोर्डिङ स्कूलको को.१.ख.५०४० नम्बरको बस बिद्यालयको हाताभित्रै राखिएको ठाउँमा आगजानी भएको हो ।

बस आगजानी गर्नुअघि उक्त समूहले गेट र भित्र रहेको बलिरहेको विजुलीको वल्व झिकेर बत्ति मारेको थिए । होस्टलमा रहेका विद्यार्थी पढाई सकेर सुत्न लाग्दा अचानक गाडीमा आगोलागी भएको देखेपछि हल्लाखल्ला गरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

विप्लव माओवादीको नेपाल बन्दको पुर्व सन्ध्यामा बस आगजनी भएपनि, विद्यालयको बसमा आगो लगाएको बिषयमा भने विप्लवका जिल्ला इन्चार्ज केदार राईले आफूलाई कुनै जानकारी नभएको बताएका छन् । असार २७ गते विप्लव समुहले नेपाल बन्दको आव्हान गरेपनि बन्दको कुनै प्रभाब देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *