विद्यालयलाई भवन निर्माणको लागी बैंकको आर्थिक सहयोग

काभ्रे १५ जेठ- सिन्धुपाल्चोकको एक विद्यालयलाई भवन निर्माणको लागी बैंकले आर्थिक सहयोग गरेको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ वाँडेगाउँमा रहेको सिपा तिनघरे संस्कृत माविलाई भूकम्पबाट क्षति पुगेको विद्यालय पुर्ननिर्माणका लागि नेपाल बैंकले ५२ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका सञ्चालक समितिका सदस्यहरु सुरेन्द्रबहादुर सिंह र डा उमाकान्त सिलवालले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष उत्तम विक्रम थापा र प्रधानाध्यापक पुण्यप्रसाद आचार्यलाई ५२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण सँगै दुई तल्ला र ८ कोठे उक्त भवनको शिलन्यास भएको छ । बैंकका तर्फबाट सञ्चालक सदस्य सिंह र सिलवाल, बैंकका नायव कार्यकारी प्रमुख दुर्गा राज रेग्मी, इन्द्रावती गाउँपालिकाका प्रमुख बंशिलाल तामाङले शिलन्यास गरेका थिए ।

बैंकका सञ्चालक सदस्य सुरेन्द्रबादुर सिंहले भूकम्पले क्षति भएको विद्यालयमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले बैंकले दिएको रकमको सदुपयोग गर्न समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *