विभिन्न निर्णय गर्दै मन्त्री परिषदको बैठक संपन्न

पौष ७ काठमाडौं, नेपाल सरकार मन्त्रीपरिषदको बैठक बिहीबार सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले द्रुतमार्ग नेपालले निर्माण गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

बिहीबारको बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समितिले द्रुतमार्ग नेपाल आफैले निर्माण गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछ । बैठकले द्रुतमार्ग निर्माणका पहिला तयार गरिएको डिपिआर उपयोग गर्न सकिने वा नयाँ बनाउने, निर्माण कार्यमा जनताको लगानी वा अरु उपायको खोजी गर्नेबारे एक महिनाभित्र सिफारिस गर्ने अधिकार समितिलाई दिएको छ ।

बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ । त्यसै गरी राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहनस्वरुप पचत्तर लाख रुपैयाँ रकम दिने पनि बैठकले निर्णय गरेको छ । बैठकले शुक्लाफाँट बन्यजन्तु आरक्षणको नाम परिवर्तन गर्ने र त्यसलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।

आजको बैठकले शान्ति कोष स्थापना गर्ने, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त विषयको विद्येयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले मानव कृतिम अंग प्रत्यारोपणका सम्बन्धमा सहजीकरणका लागि एक संस्थाको स्थापना गर्ने, नेपाल औषधि लिमिटेडको जिएममा रोवसकुशुम सुवेदीलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *