विभिन्न स्थानबाट फरक-फरक अभियुक्तहरु पक्राउ

कार्तिक २९ काठमाडौ, विरगंज उपमहानगरपालिका १६ बस्ने १७ वर्षीय मनु तिवारीलाई प्रहरीले अबैध भारतीय रुपैया २ लाख र नेपाली रुपैयाँ ५० हजार सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार सोही उपमहानगरपालिका १९ मा उनलाई शंकास्पद अवस्थामा फेला पारी चेकजांच गर्दा लगाएको दुबै खुट्टाको जुतामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त रुपैयाँ बरामद भएको थियो । तिवारीलाई प्रहरीले आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ ।

यसैगरी विश्रामपुर ९ बस्ने ४५ वर्षीय रामजी मुखिया विनलाई प्रहरीले एकनाले बाह्र बोर बन्दुक १ थान सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार चन्द्रपुर नगरपालिका १५ स्थित बलुवा नहरबाट सेतो प्लाष्टिकको बोरा भित्र फोल्डिङ गरी लुकाई छिपाई ल्याएको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यस्तै वैदेशिक रोजगार कसुर मुद्दामा गत असार १९ गतेको फैसला अनुसार ३ वर्ष कैद र ३ लाख जरीवाना ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका २९ गोगबुं बस्ने वाग्लुङ्ग विहु ८ घर भएका ४४ वर्षीय कृष्ण प्रसाद कडेललाई प्रहरीले पक्राउ गरेको छ । कडेललाई कार्तिक २६ गते गोगंबु बसपार्कबाट पक्राउ गरी सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार, सुन्धारामा पठाईएको छ ।
कंडेलले वैदेशिक रोजगार व्यबसाय गर्न पाउने अनुमति बिना नै बाबुराम खरेललाई International Cruise को रोजगारको लागि नेदरल्याण्ड पठाईदिने भनी २०६७ फागुन १८ गते टुरिष्ट भिसामा थाईल्याण्ड बैंककसम्म पु¥याई नेदरल्याण्डको भिसा लगाउने भनी २०६७ फागुन ३० गते १३ लाख लिई ठगी गरेका थिए ।
यस्तै,विरगंज उपमहानगरपालिका १३ बस्ने २१ वर्षीय रन्जित सर्राफलाई प्रहरीले श्रोत नखुलेको नगद १५ लाख रुपैया सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार उनलाई सोही उपमहानगरपालिका १९ स्थित सडकमा चेकजाँच गर्दा झोला भित्र श्रोत नखुलेको उक्त नगद बरामद भएको थियो । सर्राफलाई आवश्यक कारवाहीको लागिसम्पति सुद्धिकरण अनुसन्धान विभाग काठमाडौंमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *