वेलायतको तल्लो सदनको निर्वाचन परिणाममा विपक्षी अगाडी

एजेन्सी- वेलायत
वेलायती संसदको तल्लो सदन ‘कमन हाउस’का ६५० सीटका लागि भएको निर्वाचनमा ६४६ स्थानको नतिजा आइसकेको छ । यो संगै लागि बिहीबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ ।

जसमा सत्तारुढ दल कन्जर्भेटिभ पार्टीले ३१५ स्थानमा जीत हासिल गरेको छ भने प्रतिपक्ष दल लेबर पार्टीले २६१ स्थानमा जित हात पारेको छ ।

त्यसैगरी स्कटिस् नेशनल पार्टीले ३५ लिबरल डेमोक्रेट्सले १२ र डियुपी दलले १० स्थानमा जित हासिल गरेका छन् । अन्यले १३ स्थानमा जित हासिल गरेका छन् । बहुमतका लागि ३२६ सीट आवश्यकता हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *