शहिद दिवसको अवसरमा नवल खड्का सम्मानित

ईन्द्र जिजीबिषा-माघ १७ काठमाडौ, शहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा समाजले देशभक्ति नेपाली चलचित्रका निर्माता तथा नायक नवल खड्कालाई सम्मान गरेको छ ।

nawal khadka1
निर्माता तथा नायक नवल खड्का सम्मान पत्र लिदै

नवल खड्काले आवाज, दशगजा, भीमदत्त जस्ता देशभक्ति चलचित्रहरुको निर्माण गरेका छन् । नेपाली चलचित्र गुन्युचोली बाट नवोदित नायकको अवार्ड हातपार्दै कलाकारिता क्षेत्रमा आएका नवल खड्का, आज सम्म अनवरत रुपमा कलाकारीता क्षेत्रमा सक्रिय रहेका छन् । चलचित्र दशगजाको छायांकनको समयमा भारत र नेपालको सिमानाको दशगजामा भारतीय पक्ष बाट निकै हैरानी सम्म खेपेका थिए नवल खड्काले ।

कार्यक्रममा यो बर्षको विश्वकै साहसिक खेलाडि मिरा राई, कलाकार मोहनदाश श्रेष्ठ लगायत एक दर्जन व्यक्ति–विशेषलाई सम्मान प्रदान गरिएको छ।

काठमाडौको माईतीघरमा,आयोजित कार्यक्रममा नेपालकै ठूलो राष्ट्रिय झण्डा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माघप्रसाद घिमिरेले झण्डोत्तोलन गरेर नेपालको राष्ट्रिय झण्डा फहराएका थिए ।

उक्त झण्डा,करिब १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *