शेर्पा अधिकारका बारेमा शेर्पा सभासदहरुले आवाज उठाउन नसकेको आङकाजी शेर्पाको आरोप

फागुन २९ काठमाडौ,संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाले ‘अधिकारका लागि आन्दोलन र सदनमा शेर्पा अधिकारका बारेमा शेर्पा सभासदहरुले आवाज उठाउन नसकेको आरोप लगाएका छन् ।

काठमाडौको बौद्धमा आयोजित एक कार्यक्रममा नेता शेर्पाले उक्त आरोप लगाएका हुन् ।‘हाम्रा तीनजना सभासदहरु ज्यूँदै त छन् ? खोज्ने बेला भएको छ ।’ शेर्पा सभासद्हरुले अधिकारका लागि आवाज उठाउन नसक्दा अधिकार गुम्ने खतरा बढेको भन्दै ‘के भत्ता पचाउनका लागि मात्रै संसद मन्त्री भएका हुन् ?’भनेर प्रश्न गरेका छन् ।

सदियौंदेखि हिमाली क्षेत्रको रक्षा गरेर आफ्नो गौरब बनाएका शेर्पा समुदायलाई अधिकार सम्पन्न बनाउँदै सम्मानका लागि शेर्पा प्रदेश स्थापना गर्न जरुरी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *