संखुवासभामा मतगणनामा धाँधली गरेर आफ्ना उम्मेद्धवार खड्कालाई हराएको भन्दै कांग्रेसद्धारा पूनः मतगणनाको माँग

काठमाडौं, २८ मंसिर – संखुवासभामा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्कालाई मतगणनामा धाँधली गरेर विजयी घोषणा गरिएको भन्दै नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले तत्काल पूनः मतगणना गर्न माँग गरेको छ ।

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले पनि उक्त मतगणनामा व्यापक धाँधली भएको भन्दै पूनःमतदान हुनुपर्ने माँग गरेको छ । कांग्रेसले उक्त क्षेत्रको पूनः मतगणना हुनुपर्ने माँग गर्दै प्रेस वक्तव्य नै आज जारी गरेको छ ।

कांग्रेसको आरोप छ,‘वामपन्थीहरुको पक्षमा मतगणना सार्वजनिक भैरहेपछि प्रकाश राउत जिल्ला न्यायाधिश(मतदानअधिकृत) नै खड्कालाई हराउनको लागि पहल गर्यो, उनको हस्तक्षेप र विभेदकारी कदमले नै हाम्रा उम्मेद्धवार (जो विजयी) को सम्म निकट हुनुहुन्थ्यो, उहाँलाई हराउन भूमिका निर्वाह गरे।’
मतगणना पूर्व संखुवासभामा सर्वदलीय बैठक बसेर सदर र बदर मत कसरी छुट्याउने भन्नेबारे सहमति भएको थियो । मतगणना गर्दा खास बदर मत ६ सय थियो । तर पछि २९०० सय मत बदर भएको बनाईयो । स्रोतको दाबी छ,‘स्वस्तिक छाप देखिएको वा टिक लागेको भन्नेमा सदर गर्ने सर्वदलीय सहमति थियो, तर स्वस्तिक छाप बढि कांग्रेसको पक्षमा पर्यो, बदरमा एमालेको हातमा जम्मा ३ सय भयो, अरु सबै कांग्रेसको भयो, यो हराउनको लागिहो।’
मतगणनाकै क्रममाकांग्रेसकाउम्मेद्धवार खड्काले मतगणनामा दलहरुले हस्तक्षेप गर्न नहुने भन्दै मत काउन्ट फेयर गर्न आग्रह गरेका थिए ।तर राउतले एकलौटी रुपमा एमालेका उम्मेद्धवार राजेन्द्र गौतमलाई विजयी घोषणा गरे ।

तर आफू अन्यायमा परेको भन्दै कांग्रेस नेता खड्का आज र भोलि भित्रै नै अदालत जाने तयारीमा छन् । यता नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले पनि उक्त क्षेत्रमा व्यापक धाँधली र गलतकाम भएको भन्दै वक्तव्य निकालेर तुरुन्त मतगणना हुनुपर्ने माँग गरेको छ । कांग्रेस केन्द्रिय कार्यालयले पनि आज वक्तव्य जारी गरेको छ ।

कांग्रेसले जारी गरेको प्रेस वक्तव्यको पूर्णपाठ

प्रेस विज्ञप्ति                                            मंसिर २८, २०७४

मिति २०७४ मंसिर २१ मा प्रारम्भ भएको संखुवासभा जिल्लाको प्रतिनिधिसभाको मतगणनाका प्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको छ । मतगणनाका क्रममा नियोजित रुपमा मत परिणामलाई नै प्रभावित गर्ने किसिमका क्रियाकलापहरुका प्रति सम्बन्धित जिल्लाका नेपाली कांग्रेसका प्रतिनिधिहरुले पटक–पटक जानकारी गराउँदा गराउँदै पनि एकपक्षीय रुपमा सदर मतलाई बदर गराउने, एउटा चिन्हमा लगाएको मत संकेतलाई अर्को चिन्हमा गणना गर्ने जस्ता क्रियाकलाप भएको छ । नेपाली कांग्रेसका प्रतिनिधिहरुले निर्वाचन कार्यालय संखुवासभामा यस बारेमा जानकारी गराएर पुनः मतगणना हुनु पर्छ भन्ने अडान राख्दै २०७४ मंसिर २४ गते निवेदन पेश गर्दा पनि सुनुवाई नगरी मतगणना गर्न बाँकी रहेका १९००० मत एकलौटी ढंगले गणना गरी धाँधलीपूर्ण रुपमा २९०० मतवदर भएको भनीनिर्वाचनको परिणामलाई नै प्रभावित पार्ने कार्य गरी परिणाम घोषणा गरिएको प्रति नेपाली कांग्रेस असहमति प्रकट गर्दछ ।
मिलेमतो र साठगाँठमा धाँधलीपूर्ण ढंगले गरिएको मत गणना र एकतर्फी रुपमा गरिएको परिणाम घोषणा नियोजित उद्देश्यले गरिएको वदनियतपूर्ण कार्य हो भन्ने नेपाली काँग्रेसको ठहर छ । यो कार्यले लोकतन्त्र र विधिको शासनको उपहास भएको छ । तसर्थ यो धाँधलीपूर्ण गणनाप्रति नेपाली कांग्रेस असहमति प्रकट गर्दै निष्पक्ष ढंगले पुनः मतगणनाको मागगर्दछ ।

कृष्णप्रसादपौडेल
मुख्य सचिव

संखुवासभामा चुनाव जित्नकै लागि गौतमले यसरी झुक्याएका रहेछन् शेर्पालाई
संखुवासभा प्रतिनिधि सभातर्फ विजयी बनेका एमाले उम्मेवद्धवार राजेन्द्र गौतमले जिल्लाका प्रभावशाली नेता उङ्दी छिरिङ शेर्पालाई समानुपातिकको बन्द सुचिमा नाम राखिएको भनिए पनि उनको नाम हटाएर झुक्याएको खुलासा भएको छ ।

छिरिङले आफ्नो नाम भजाएर गौतमले चुनाव जितेको आरोप लगाएका छन् । उनले भनेका छन्,‘सुरुमा मेरो नाम समानुपातिकको बन्द सूचिमा राखिएको थियो, तर अन्तिममा अहिलेका विजयीउम्मेद्धवार गौतमले नै मेरो नाम कटाउन लगाएको खुलेको छ, उनले मेरो नाम भजाएर चुनाव जिते, यो गलत काम भयो।

शेर्पाको मकालु गाउँपालिका मात्रै स्थानीयतहमा १७ सय मत थियो । उक्त क्षेत्र कांग्रेसको गढ हो तर शेर्पालाई लोभ्याएर गौतमले चुनाव जितेको संखुवासभाका बुद्धिजिवीहरुले आरोप लगाउन थालेका छन् । उक्त गाउँपालिकामा शेर्पाको धेरै प्रभाव रहेको देखेर गौतमले चुनावी प्रचारमा मात्रै समानुपातिकको नाम सिमिति गरिदिएको शेर्पा समर्थित नेताहरुको आरोप छ ।

संयुक्त वाम गठबन्धन निर्वाचन प्रचार–प्रसार समितिले जारी गरेको पर्चामा समेत शेर्पालाई प्रदेशसभा सदस्य, समानुपातिक उम्मेद्धवार नेकपा एमाले भनेर प्रचार गरेको थियो । तर, अहिले उनको नाम सूचिमा नभएको खुलासा भएको छ ।

संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गौतमले नेपाली कांग्रेसका दीपक खड्कालाई १ हजार १ सय ३० मत अन्तरले पराजित गरेका हुन्।अघिल्लो संविधानसभा निर्वाचनमा खड्का सँग पराजित भएका गौतमले यस प्रतिनिधिसभामा भने खड्कालाई हराएका छन्।

प्रतिनिधिसभाको मत गणनामा सुरुदेखि नै अग्रता लिएका गौतमले ३२ हजार ७ सय ६९ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरे।

१ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको संखुवासभामा पहिलो चरण अन्तर्गत निर्वाचन भएको थियो। १ सय ३ मतदान स्थलका १ सय ५३ मतदान केन्द्रमा ६९ हजार २ सय ४६ मतदाताले मतदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *