संचारकर्मिहरुलाई बाहिरै राखेर, पूर्वप्रधानमन्त्रीद्वय ओली र नेपालले बिदेसी कूटनीतिकलाई सप्तरी घटनाको जानकारी गरायो

फागुन २६ काठमाडौ,पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजधानीमा एक कार्यक्रम गरी कूटनीतिक समुदायका नेपालस्थित प्रमुख तथा प्रतिनिधहरुसँग नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराइरहेका छन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एक कार्यक्रम आयोजना गरी ओली र नेपालले कूटनीतिक समुदायसँग नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका हुन् । छलफल सोमबार सप्तरीमा भएको घटना र राजनीतिक विषय केन्द्रित रहेको बताईएको छ । छलफलस्थलमा सञ्चारकर्मीहरुलाई जान दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *