संचारकर्मी प्रकाश धितालद्वारा निर्देशित राजकुमारको नयाँ गीत “तिमीलाई ठानु”को म्युजिक भिडियो सार्वजनिक

मंसिर १६ काठमाडौ, गीत-संगीत भनेपछि कसलाई मन नपर्ला र ? लामो समय देखी प्रवासमा रहेर, नेपाली गीत-संगीतलाई माया गरि सांगीतिक क्षेत्रमा केही राम्रो काम गर्ने अठोटका साथ एक दर्जन गीतहरुमा आफ्नो संगीत दिई सकेका र थुप्रै गीतको शब्द रचना गरीसकेका, संगीतलाई माया गर्ने पछिल्लो पुस्ताका संगीत प्रेमी व्यक्तिहुन् राज कुमार श्रेष्ठ । यसैगरि गीत-संगीतमा आफ्नै शब्द/संगीत र स्वर पनि भरि,सिंगो जिवनमा जन्मेको सार्थकतालाई ईतिहास बनाउने सोचाइ राखेका कुशलगीतकार तथा संगीतकार पनि हुन् श्रेष्ठ ।

“एउटा गाउँ थियो” गीतको म्युजिक भिडियोको सफलता पछि फेरी पनि आफ्नै शब्द/संगीत अनि स्वरमा रहेको नयाँ गीत “तिमीलाई ठानु” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यो गीतमा चर्चित गायिका सहिमा श्रेष्ठले साथी दिएकी छिन् । भिडियोमा केटाले केटिलाइ आफ्नो बनाउन एकोहोरो प्रयास गरीरहेको कथा देखाईएको छ ।

भिडियोमा चर्चित संचारकर्मी अनि मोडेल के के अधिकारी संगै क्रिस्टिना थापाको फिचारिंग रहेको छ । निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई मुकेश हुमागाईले छायांकन गरेकाहुन् भने दिपक मान सिंहको कोरियोग्राफी रहेको छ । यसैगरी यो भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेकाछन भने भिडियोलाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको हो ।

तिमीलाई ठानु”को म्युजिक भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *