संजय खतिवडाले हिन्दी चलचित्रमा चक्र घुमाउने

sanjayaमंसिर १९ काठमाडौं,  नेपाली चलचित्र भीमदत्त, नरसिम्हा, नो स्मोकिङ लगायत केही अन्य चलचित्र र म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका अग्लो र खाइलाग्दो शरीर भएका नायक संजय खतिवडा अब हिन्दी चलचित्र ‘चक्र’मा देखिने भएका छन् ।

‘सस्पेन्स–थ्रिलर बलिउडको चलचित्र ‘चक्र’मा, चक्र घुमाउने विना बर्दीको पुलिस अफिसरको भूमिकामा देखिने नायक संजय खतिवडाले बताए।   अगामी हप्ता देखि छायाँकन हुन लागेको यो चलचित्रको केही भाग नेपालको इलाम र पोखरामा पनि छायाँकन हुने बताईएको छ ।

दुई जना निर्देशक रहने यो चलचित्रमा नेपालबाट निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ र बलिउडका निर्देशक राजेश राजले निर्देशन गर्ने भएका छन् । बलिउडका अनुवर राजदासले निर्माण गर्न लागेको यो चलचित्रबाट आफूँ निक्कै आशावादी रहेको संजयले बताए ।

नेपाली कलाकारहरुले बलिउडमा अभिनय गर्न लागेको यो नै पहिलो भने हैन । मनिषा कोईराला नेपाली चलचित्र फेरि भेटौलामा अभिनय गरेपश्चात बलिउड पुगेर त्यहाँ एकाजमानामा तहल्का नै मच्याएकी थिइन् ।  त्यसपछि झरना बज्राचार्यले लभ इन नेपालमा काम गरेकी थिइन् ।

डेनी पनि नेपाली मुलकै हुन् ।  गायक उदित  नारायण झाले पनि बलिउडको चलचित्र पार्श्व गायनमा तहल्कै मच्याएका छन् ।  यस हिसाबले हेर्दा अब पालो संजय खतिवडाको बलिउडमा धुम मच्याउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *