संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव गरेको औचित्य नहुने “उपेन्द्र यादव”

काठमाडौ १८ चैत्र, संघिय समाजवादी फोरम नेपालमा अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव गरेको औचित्य नहुने बताएका छन् । संघिय समाजवादी फोरम नेपाल धनकुटाको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन विधेयक कुनैपनि हालतमा पारित गर्नुपर्ने बताए ।

स्थानिय तहको चुनाव संघियता भएको देशमा प्रदेश सरकारले गराउने भएकाले पहिले संसद र प्रदेशको चुनावपछि मात्र स्थानिय तहको चुनाव हुनुपर्ने उनको भनाई थियो । स्थानिय तह पुर्ण रुपले प्रदेशको मातहतमा रहने भएकाले पहिले संसद र प्रदेशको चुनाव सरकारले र स्थानिय तहको चुनाव प्रदेशले गरेमा पूर्ण रुपमा संघिय लोकतन्त्रको अवधारण अनुसार अघि बढ्ने यादबले बताए ।

जुन प्रकारको संघियता कार्यन्वयन गर्न खोजिएको छ वास्तवमा संघियता नभएको भन्दै यादवले संघियताको नाममा एकात्मकता लादिन खोजिएको आरोप लगाए । देशमा जुन स्थानिय तहको संरचना खडा गरिएको छ तराई, हिमाल र पहाड तीनै ठाउँका जनतालाई यातना दिन खोजिएको छ यादबको भनाई छ ।

उनले अहिल्यै चुनाव गर्ने हो भने पुरानै संरचना अनुसार बोर्ड फेरेर गाविसलाई गाँउपालिका र साविकका नगरपालिकालाई यथावत राखेर चुनाव गर्नुपर्ने र त्यो भन्दा पहिला संविधान संसोधन गर्नुपर्ने बताए ।

यो संविधानले लामो समयदेखि विभेदमा पारिएकालाई अधिकार सम्पन्न बनाउन र यो संविधान एकलौटी र विभेदकारी भएकाले र एकल जातिय प्रभुत्व लाद्ने र संविधानमा प्रशस्त गल्ती र त्रुटी भएकाले त्यसलाई सच्याउन संविधान संशोधन हुनुपर्ने यादवको भनाई छ । फरक प्रसंगमा अध्यक्ष यादवले देशमा राजनितक भागबण्डाका नाममा देशमा ठूलो भ्रष्टचार मौलाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *