सकियो सम्झौता अवधि, चरम लार्पावाहीले बनेन विधालय भवन, पठनपाठनमा सकस

चिसाङ शेर्पा -खोटाङ,१७ साउन
सम्झौता अवधि समापन भई लामो समय गुज्रिदासम्म आन्तरिक कलहका कारण जालपा माध्यमिक विद्यालय नुनथलाकोे चार कोठे भवन बन्न सकेन । भवन निर्माण समिती, निर्माण जिम्मा लिएका ठेकेदारका विचमा आन्तरिक कलहले चरम सिमा पार गर्दा सम्झौता अवधि समापन हुंदासमेत उक्त भवन बन्न नसकेको हो ।

विधालय व्यावस्थापन समितीका अध्यक्ष रोशन किशोर राईको संयोजकत्वमा २०७२ पौष १९ मा दश निर्माण उपभोता समितीको निर्णयमा नेतृत्व तथा अगुवाईको भुमिकामा भगेश्वर राईलाई ५ लाख बराबरको गैडा सिमेण्ट खरिद गर्नेगरी भवनको काम जिम्मा दिएको थियो ।

पहिलो किस्ता अन्र्तगतको सात लाख रकम निकासा गरी राईको नेतृत्वमा घडेरी सम्याउने, सिमेण्ट र रड खरिदको काम भएको थियो । राईले समितीको निर्णय अनुसारको काम सकेपश्चात सर्वदलिय छलफलवाट निर्माण कार्यमा ढिलाई नगरी चुस्तदुरुस्त हिसाब राखी काम गर्ने निर्णयमा दश निर्माण समिती र विधालय प्रशासनले ०७३ बैशाख २२ गते विव्यावस अध्यक्ष राईको संयोजकत्व रहने निर्णयमा एकलौटी दोस्रोपटक समितीका गजेन्द्र राईलाई ठेकेदारका रुपमा उक्त भवन निर्माणको कार्य जिम्मा दिएको थियो ।

यद्यपी, त्यही बाँकी कामवाट दोस्रोपाली भवनको जिम्मा लिएका गजेन्द्र राईले सम्झौता अवधिमा काम गर्न नसकिएको स्वीकार गरेका छन् । निर्माण समितीले जुन शर्तमा काम जिम्मा दिएको थियो त्यो निर्णय अनुसारको कुनै सहयोग नभएको जिकीर गर्दै निर्णय अनुरुप काम गर्ने वातावरण पटक्कै नमिल्दा सम्झौता अवधिमा काम नसक्नुमा आफुमात्र दोषी नभएको उनले बताएका छन् ।

समितीले सात लाख र आफुले सात लाखको आवाश्यक सामग्री खरिद गरेको विल भर्पाइ रहेका तर, काम नभएको प्रष्ट पारेका छन् । उनका अनुसार ‘काम जिम्मा दिने समितीहरु नै निष्कृय रहेर आफु काम गर्दा कोही सहयोग नगर्ने कमजोरी मात्रै खोजिने गरेका तथा काम नसक्नुमा महुरेगढी गाउँपालिका मागका हड्ताल, स्थानीय तहको निर्वाचन, गरेको काममा भाँजो लगाइनु तथा काममा राजनीति लादिनुले काम गर्न नसकिएको बताए । तर सबैको सहयोग पाए तीन महिनामै भवन सम्पन्न गर्ने हैसियत आफुमा भएको उनले बताएका छन् ।’

त्रिवर्षिय योजना अन्र्तगतको भवन ०७२ पौष १९ बाट बनाउन सुरु गरिएको थियो अहिलेसम्म अठार लाख खर्च भएको छ । बाँकी रकमको खाता रोक्का छ । योजनाको आधा रकम खर्च हुंदा भवन एक फ्लोर पनि बन्न सकेको छैन । झ्याल माथीसम्म गाह्रो लगाइएको छ । झ्यालका लागि लगाईएको चौकस पानीले मकिन थालेका तथा भवन भित्र झारपात पलाएको छ । दुई कोठे दुई तले विधालय भवन गत असार मसान्तमा समापन भई सञ्चालनमा आउनुपर्ने थियो । सम्झौता अवधि समापन भएर पनि लामो समय पार गरिसकेको छ ।

रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा अवस्थित विधालय भवनको सम्झौता अवधि सकिंदा समेत भवन नबन्दा विधालय प्रशासनलाइ पठनपाठन गराउन जटिल समस्या भईरहेको छ । सोही कारण विधार्थीहरु प्रत्यक्ष मर्कामा परेका छन् । भवनको काम लथालिङ्ग रहंदा विषयगत कक्षाकोठा व्याबस्थापन गरी कक्षा सञ्चालन भइरहेको छ । भवन अभावमा पुस्तकालय र कम्प्युटर कक्षा एकै ठाउँमा राख्नुपर्ने बाध्यता विधालय प्रशासनले झेल्नु परिरहेका प्रधानाध्यापक धनकुमार तामाङ्गले जानकारी दिनुभयो ।

उतm विधालयसंगै वितरण गरिएका अन्य विधालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आईसक्दा जालपा माविको भवन नाटकीय ढंगमा थन्किएर बसेको शिक्षक मणि तामाङले बताए । समयमा नै भवन नबन्दा व्यबस्थित कक्षाकोठाको अभावमा प्रभावकारी शिक्षणमा असर पुगिरहेको र यो क्रम अझै चलिरहने तामाङको भनाई छ । विधार्थीहरुको भविष्यसँग प्रत्यक्ष जोडिएको भवन निर्माण कार्यमा ढिलासुस्ती, लार्पावाहीमा संलग्न ठेकेदार, निर्माण समिती र विधालय प्रशासनलाई आफुले तीनपटक अख्तियार दुरुपयोग गरेकोले कार्वाही चलाउने भनि चेतवानी स्वरुप पत्रचार गरी काममा ताकेता गर्दा समेत अटेर गरेकाले अब कुनै माफी नहुने तथा जेलसम्म लगाईने जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले बताए ।

जिशिअका अनुसार योजना अलपत्र बनाएर बस्ने विधालयका खाता रोक्का गरिएको र त्यस्ता कार्यमा संलग्नलाई सिधै प्रशासन लगाएर कार्वाही गरिने छ । बडहरेमा लक्ष्मी मावि, रतन्छाको साकेला मावि, बतासेमा जनता मावि र टेम्माको कृष्ण मावि, सरस्वती उच्च माविको पनि हालत जालपा मावि जस्तै रहेको नेपालले बताए । वालवालिको भविष्यमा खेलवाड गर्न कसैलाई छुट नभएको तथा दोषीहरु कुनै हालतमा छोड्न नमिल्ने अभिभावकहरुको कडा माग रहेको छ ।

जिल्ला शिक्षा अधिकारीले ‘राजनीति छोड या शिक्षणमात्रै गर’ भन्ने नियम लागू गरे पनि खाशमा त्यो प्रभावकारी नहुंदा उतm विधालयमा राजनीति अझै चल्ने गरेको पाईएको छ । राजनीतिकै झिल्काहरु विधालयमा उछिटिंदा भौतिक संरचना तथा पठनपाठनमा प्रत्यक्ष असर पुग्दा विधार्थीहरु चेपुवामा पर्ने गरेका बुद्धिजीविहरुको तर्क छ । शैक्षिक क्षेत्रमा राजनीतिक रबैयाकै उपज उतm भवन पनि एक हो । परिक्षाफल समेत दुइ वर्षयता निराशाजनक आउने गरेका तथा राजनीति बखेडासंगै शिक्षकहरु एकले अर्काको मुखसम्म हेर्न नमान्ने गरेका एक अभिभावकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *