सचेतनाको नारा लगाउँदै बाँके बर्दियाका संचारकर्मि र युवाहरूले यसरी खेले देउसी भैलो

बर्दिया ३ कातिक- बाँके, बर्दिया र कैलालीका संचारकर्मि र युवाहरूले सामाजिक विकृति, विसंगति विरूद्ध सचेतनामूलक देउसी भैलो खेलेका छन् ।

तिहारको अवसरमा देउसी भैलो खेल्दै उनीहरूले सामाजिक न्यायको नारा लगाएर राज्यलाई जिम्मेवारी बोध गराउने प्रयत्न गरेका हुन् ।

देउसी गाउदै उनीहरूले जनतालाई विश्वास र भरोसा दिलाउँदै सत्ता र भत्तामा निदाएका राजनीतिक दलका नेताहरू र राज्यलाई जनतापट्टी फर्किएर हेर्न आग्रह समेत गरेका छन् ।

उनीहरूले सामाजिक न्याय, जवाफदेहिता, उत्तरदायित्वका लागि सचेतना फैलाउने अभियानका रूपमा देउसी भैलो खेलेको बताएका छन् ।

उक्त भैली चाड पर्वको नाममा विकृती र जबर्जस्त तडक भडक ल्याउने प्रवृतिका रोक्दै सकारात्मक परिवर्तनको पक्षमा आयोजना गरिएको आयोजकले बताएको छ ।

उक्त समूहमा पत्रकार, कलाकार र युवाहरू गरी ७० जना भन्दा बढिको सहभागिता रहेको छ । देउसी – भैली शनिवार (भोली) सम्म खेल्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *