सडकका असाहायलाई भोजन गराएर सम्पादक जैसीले आफ्नो जन्मदिन मनाए

काठमाडौं २२ जेठ- हाम्रो समाजमा फरक फरक सोच र ब्यवहार भएका मानिसहरु भेटिन्छन, कोही रंगीन दुनियामा सयर गर्दै हुन्छन् त कोही बाँच्नको लागि दुई छाक गाँसको लागि तड्पिदै सास फेर्दै गरेका भेटिन्छन् ।

काठमाडौं देशको राजधानी, जहाँ पक्की घरैघरले भरीभराउ देखिन्छ, तर यहाँ सबैलाई अटाउने र सबैलाई बसाउने माया, प्रेम र सहयोग रुपि घरको भने अत्यन्त अभाव छ । काठमाडौंका गल्लिहरुमा धेरै मानिसहरु पुल, कुना, कन्दरामा जीविका चलाउदै आइराखेका छन् , तर उनीहरुको दुख र समस्यालाई देश, राज्य र ख्याति कमाएका मानिस कसैले पनि सोच्न भ्याएको देखिदैन ।

सडकमा गुजारा गर्नेहरुलाई पागल र माग्ने भन्दै तल्लो स्तरको व्यवहार गर्ने हाम्रो संस्कार कि सामन्ती प्रवृति ? प्रश्न तेजिलो रुपमा प्रस्तुत भएको छ । तर यही काठमाडौंको भिडभाडमा कतिपय सेवा र करुणाले भरीएका मनहरु पनि एदाकदा भेटिने गर्दछन् ।

“हाम्रो सोच, आचरण र जीवनशैलीले सभ्यता देखाउनु पर्दछ भन्छन्” हरपल नेपाल डटकमका सम्पादक लोकराज जैसी । जेष्ठ २१, आज उनको जन्मदिन, उनले सडकमा जीवन चलाउदै आएकाहरुलाई सेवा, सहयोग गरेर यस पटकको जन्मदिन मनाएका छन् ।

सम्पादक जैसीले सिनामंगल स्थित भत्केको पुलको तल (सडकमा) जीवनको छहारी बनाएका ६३ बर्षिय एक असहाय बृद्धलाई सहयोग गरे, केही क्षणका लागि भएपनि हँसाउने कोसिस गरेका छन् । उनले आफुसँग भएको सानोतिनो आर्थिक सहयोग गरे, तीन महिनासम्म खाना नखाएका ति बृद्धलाई भोजन गराए अनि सुरक्षित बसोबासका लागि सरकारका निकायहरुलाई झक्झक्याउने काम समेत गरे ।

हरपल नेपालले स्याङ्जाको नागडाँगामा जन्मिएको बताउने अशक्त, बृद्ध चेत प्रसाद चापागाईलाई सहयोग गरेका हुन । बृद्धको खुट्टा र हातमा चोट लागेको छ, आँखामा पनि समस्या छ तर मानसिक रुपमा ठीक छन् । आफुलाई सबैले पागल भनेर दूर्व्यवहार गर्ने गरेको उनले गुनासो पोखें । उनले कसैले काम दिएमा काम गर्न चाहेको तर सबैले पागलको नजरले हेरेकोले सार्है दुखी भएको पिडा पोखे ।

उनको अवस्थाको विषयमा हरपल नेपालले गौशाला प्रहरीका डिएसपि नवराज कार्कीसँग कुरा गर्दा कार्कीले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । डिएसपि कार्कीले भने–‘हामीे त्यो विषयमा बुझ्छौ र उहाँको लागि कतै संघ, संस्थाको खोजि गरेर पुर्नस्थापना गछौ । म त्यसमा गम्भिर भएर लाग्छु ।’

तर उनीजस्ता धेरै मानिसहरु सडकमै जीवन चलाउँदै आइरहेका छन् , उनीहरुको समस्या कहिले समाधान होला ? राज्यले सडक जीवनका नागरिकको विषयमा किन सोच्दैन, किन जिम्मेवार विहीन बन्न खोज्दैछ ? सरकारले सामुदायीक बसोबासको ब्यवस्थापन गर्न किन सोच्दैन ? मानबअधिकारवादी संस्थाहरु नारामा मात्र अधिकार खोज्ने कि खान र बस्न नपाएर छट्पटिएकाहरुको लागि पनि बोल्ने ? सम्पादक जैसी यि सबै प्रश्नहरुको उत्तर अब सबैले खोज्ने बेला भएको बताउँछन ।

हरपल नेपाल डटकमले ति बृद्धको अवस्थाका विषयमा केन्द्रीत रहेर एक भिडियो समाग्री समेत तयार गरेको छ । जुन तपाईहरु पनि तल क्लिक गरेर हेर्न सक्नुहुने छ।

One thought on “सडकका असाहायलाई भोजन गराएर सम्पादक जैसीले आफ्नो जन्मदिन मनाए

Leave a Reply to Lokraj jaise lok-yes Cancel reply

Your email address will not be published. Required fields are marked *