सत्यकला रार्इ र साहित्यकार इश्वर चाम्लिङलार्इ रावासावा प्रतिभा पुरस्कार

खाेटाङ – चर्चित गायिका सत्यकला रार्इ र साहित्यकार इश्वर चाम्लिङलार्इ रावासावा प्रतिभा पुरस्कार प्रदान गरिने भएकाे छ । रावासावा समाजले कला र साहित्यमा अतुलनिय याेगदान दिने सत्यकला र ईश्वर चाम्लिङलार्इ पुरस्कार प्रदान गर्ने भएको हो ।

गायिका सत्यकला रार्इ र साहित्यकार ईश्वर चाम्लिङलार्इ अागामी फागुन तेस्राे हप्ता काठमाडाैमा एक कार्यक्रमकाे अायाेजना गरी जनही दश हजार रूपैयाँसहित ताम्रापत्र प्रदान गरिने छ ।

रावा सावा समाजले प्रत्येक दुर्इ वर्षकाे अन्तरालमा कला, साहित्य, संस्कृति, समाजसेवा लगायत क्षेत्रमा याेगदान पुर्याउने व्यक्तिहरूलार्इ सम्मान तथा पुरस्कार प्रदान गर्दै अाएकाे छ ।

साहित्यकार मदन रार्इ लामाखुलेलार्इ रावासावा साहित्य सम्मान, पूर्वशिक्षक लक्ष्मीदास राजभण्डारीलार्इ रावासावा शिक्षा सम्मान, कलाकार लक्ष्मी गिरीलार्इ रावासावा कला सम्मान र समाजसेवी मनिकुमार रार्इलार्इ रावासावा समाजसेवा सम्मान प्रदान गरिने समाजका अध्यक्ष प्राज्ञ शान्तिराम रार्इले जनाएका छन् ।

पुरस्कार पाउने समाचार बाहिर आएपछि युकेमा रहेर अनवरत साहित्य र समाजसेवामा लागेका इश्वर चाम्लिङ्ग सरप्राईज मान्दै खुशी व्याक्त गरेका छन् । उनले भनेका छन् म भन्दा पनि रातदिन खोटाङ्ग पुकार गर्ने मन खुशी भएको बताएका छन् ।

यस्तै पुरस्कारको बारेमा गायिका सत्यकला राईले यो पुरस्कारको निम्ति मलाई योग्य ठानेकोमा रावा सावा प्राज्ञिक समाज प्रति धन्यवाद भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *