सप्तरीका ३० हजार बढी घरहरु डुबानमा

काठमाडौ २९ साउन- अविरल परेको वर्षाका कारण सप्तरीका ३० हजार बढी घरहरु डुबानमा परेका छन् । जिल्लाको खाँडो, महुली, जिता, त्रियुगा, पाची, जुडी, सुन्दरी, खडग, चापिन, बिहुल, मुतनी, सुरुङ्गा, बान्द्रा, भलुवाही लगायतका खोलामा एकसाथ आएको बाढी बस्तीमा पसेर ८० प्रतिशत भू-भाग जलमग्न भएपछि सप्तरीको स्थिती भयावह बनेको हो ।
लगातारको वर्षाले रम्पुरा मल्हनिया, सकरपुरा, कोबर्साइन, कोइलाडी, तिलाठी, इनर्वा, गोबरगाढा गाउँ पूर्ण रुपले डुबानमा परेपछि हजारौको संख्यामा प्रभावित घर छाडेर सुरक्षित स्थलतर्फ लागेका छन् ।

खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी-कोईलाडी गाउँपालिका वडा नम्बर १ र ३ तथा सकरपुरामा पाँच फिटसम्म पानी जमेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपलिका-१३ गोबरगाढास्थित बस्ती डुबानमा परेपछि ६० घर परिवारलाई डुङगाबाट उद्दार गर्ने कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *