सप्तरीको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना र जिल्ला प्रहरी प्रमुख दिवेश लोहनीलाई काठमाडौ बोलाईयो

फागुन २४ काठमाडौ, सप्तरी गोलीकाण्डको बास्तविकता बुझ्न प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना र दिवेश लोहनीलाई काठमाडौ बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा गृहमन्त्री विमलेन्द्र निधीले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई काठमाण्डौ बोलाइएको हो ।

सोमबार सप्तरीको औद्योगिक क्षेत्रमा एमालेको सभा भइरहेका बेला मधेसी मोर्चाका कार्यकर्ता संग भएको झडपमा मोर्चाका तीन जनाको ज्यान गएको थियो । यो घट्नालाई मोर्चाले जनतामाथि प्रहरीको दमन भनेको छ भने स्थानीय प्रशासनले जवाफी कारवाहीमा घट्ना भएको बताएको छ । प्रमुख जिल्ला अधिकारी तिमल्सिना र जिल्ला प्रहरी प्रमुख लोहनी आजै काठमाडौ आइपुग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *