सप्तरीको राजविराजमा बम फेला

फागुन २३ राजविराज, सप्तरीको राजविराजमा बम फेला परेको छ । राजविराज नगरपालिका ४ मलेठमा प्रेसर कुकर र सकेट बम फेला परेको हो ।

बम डिस्पोजलका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । नेकपा एमालेले सभा गर्न लागेको सभास्थल नजिकै बम भेटिएको हो ।

एमालेले राजविराजको औद्योगिक क्षेत्रमा सोमबार दिउँसो आमसभा गर्दैछ । त्यसको विरोधमा विहानैदेखि मधेसी मोर्चामा आबद्ध दलका नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *