सबै आफन्त गुमाएकी भिमाको छोरो मलेशिया बाट कफिनमा फर्किंदै

सुचनाखबर- भदौ ३१ काठमाडौ ,भिमादेवी कन्दङ्वाको एउटै इच्छा थियो, छोरो रत्नको बिबाह गरेर नयाँ घरबार बसाइ दिने, रत्न उनको एक्लो सन्तान थियो ।तर रत्न मलेसिया गए पछि १६ बर्ष सम्म फर्केका थिएन । kaphin
तर पनि भीमाको आशा अझै मरेको थिएन । मलेशियामा सम्पर्क बिहिन बनेको रत्न १६ बर्ष पछि शुक्रबार राती कफिनमा बसेर फर्किदै छन् । मलेशिया जानु अघि, रत्नले सिजुवा ८ मोरङमा, वृद्ध आमा, श्रीमती र ९ बर्षिय छोरोलाइ छाडेर गएका थिए ।
भारतमा बेपत्ता श्रीमान भगिमानको पिडा भोगेकी भिमालाई एक्लो सन्तानको रुपमा रहेको छोरोलाइ, पर्देश पठाउने कुनै रहर थिएन । तर साथमा नाती र बुहारी भएकोले रत्नलाइ मलेशिया पठाइन भीमाले । रत्न मलेसिया पुगेको ९ महिनामै रत्नको छोरोको कालगतीले मृत्यु भयो ।
सधै जसो सम्पर्कमा आइरहने रत्न, त्यसपछि सम्पर्कमा आउन छाडे। नाती गुमेको पिडा नभुल्दै, क्यान्सर बाट पिडित बुहारी पनि गुमाइन भीमाले । हामीले अनेकौ प्रयास गर्दा पनि रत्नलाइ नेपाल फर्काउन सकेनौ । अहिले उनको शव मात्र नेपाल ल्याउदै छौ । आफन्त देबेन्द्र खापुङ लिम्बुले भने । रत्नको गत भदौ १७ गते, क्वालालम्पुर सुङाइबुलोस्थित सिलायाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनि सल्यानका कृष्णबहादुर बुढा मगरको राहदानीमा मलेशिया गएकाले, शव ल्याउन ढिला भयो । उनलो शव, आफन्त तिर्थराज कन्दङवाले ल्याउदै छन । छोराको मृत्यु भए पनि,अन्तिम अनुहार हेर्ने आमाको इच्छा छ । छोरोको रीतिरिवाज अनुसार बिहे गराउने चाहाना अधुरै रहे पनि, अन्तिम दाहसंस्कार भने रीतिरिवाज अनुसारै गर्ने बताएकी छिन् ।
रत्नको मृत्युको खबर सुनेदेखी आमा सिजुवाको घरमा विक्षिप्त बनेकी भीमालाई छोरोको शव पुगे पछि कसरि सम्हाल्ने ? वैदेशिक रोजगार प्रबर्द्धनमा शव बाहनको बन्दोबस्त मिलाउन गएका देबेन्द्र खापुङ लिम्बुले हामीलाइ भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *