समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ पार्टि कारबाहीमा पर्ने सम्भावना

माघ १५ काठमाडौ,गत मंसिरमा संघीय समाजवादी फोरमबाट ५ केन्द्रीय सदस्यसहित भ्रातृ संगठनका कार्यकर्ता एमाले प्रवेश गरेपछि उच्चतहका नेताहरुबीच असमझदारी चुलिँदै आएको छ । सोही कारण अहिले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई जसरी पनि बाहिर खेद्न संगठनमा सबै एकमत हुन देखिन थालेको छ ।

श्रेष्ठ मुख्यगरी तत्कालीन संघीय प्रेस फोरमका उपाध्यक्ष सुकदेव चामलिङ, खेलकुद महासंघका ओमकृष्ण प्रसाई, राजेन्द्र खनालसहितका टिमले राजीनामा दिएसँगै पार्टीभित्र अप्ठ्यारोमा पर्दै आएका छन् । उनीहरुमध्ये चामलिङ वरिष्ठनेता अशोक राईका अघोषित प्रेस संयोजकजस्तै थिए र प्रसाईं र खनाल अध्यक्ष उपेन्द्र यादवका विश्वासिला कार्यकर्ता मानिन्थे । अध्यक्ष र वरिष्ठ नेतानिकटका कार्यकर्ताले पार्टी परित्याग गरेसँगै डाकिएको आकस्मिक पदाधिकारी बैठकमा समेत सहअध्यक्ष श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएपछि सबै रुष्ट बनेका थिए । अहिले संघीय समाजवादीबाट सहअध्यक्ष श्रेष्ठलाई निकाल्नेमा सबै एकमत देखिका छन् ।

नयाँशक्ति पार्टीसँग एकीकरण भईहालेमा श्रेष्ठलाई केन्द्रीय सदस्यमा झार्ने तयारी पनि भित्रभित्रै हुन थालेको छ । एकीकरण नभई हालेमा आउँदो महाधिवेशनबाट उनलाई फ्याल्ने रणनीतिमा प्रायः सबै एक भएको समाचार छ ।पहिचानको आन्दोलनमा खरो देखिने गरेका तत्कालीन प्रेस फोरम उपाध्यक्ष चामलिङ युवा संघमा समायोजन हुने भनिए तापनि माओवादी केन्द्रमा भित्रिने कसरतमा छन् । उनी एमाले प्रवेशपछि पनि खासै उत्साहित थिएनन् ।

उनलाई पछिल्लो समय एमालेभित्रै रहेकाहरुले समेत पार्टीमा रहिरहनेमा आशंका गरेपछि माओवादी केन्द्र छनोट गरेका हुन् । यसैले उनी सँगै एमाले प्रवेश गरेको टिमबाट समेत टाढिन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *