सरकारले २५ वटा स्थानिय तहको शंख्या बढायो, खोटाङ्ग र नुवाकोटको समस्या समाधान

फागुन २३ काठमाडौ, सरकारले स्थानीय तहको सङ्ख्या बढाएर सातसय ४४ कायम गर्ने निर्णय गरेको छ । यो भन्दा अगाडि, आयोगले स्थानीय तहको सङ्ख्या सातसय १९ कायम गरेको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णय राजपत्रमा सूचना प्रकाशन गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन आयोगमा पठाउने जानकारी दिएको छ । सबै पक्षलाई निर्वाचनमा सहभागी गराउन तथा राजनीतिक समझदारीका आधारमा स्थानीय तहको सङ्ख्या र संरचनाबारे सरकारले अझै आवश्यक निर्णय लिने जनाईएको छ ।

प्राविधिक सहयोग समितिले गरेको निर्णयका आधारमा खोटाङ र नुवाकोटको समस्या समाधान गर्ने तथा मनाङमा संविधानको भावनाअनुसार तीनको सट्टा चारवटा इकाइ बनाउने र बझाङको काँडा गाविसमा एउटा इकाइ थप गर्ने निर्णय मन्त्रिपरिषद्ले हो । काठमाडौँका शङ्खरापुर र दक्षिणकाली नगरपालिकालाई यथावत राखिने पनि निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *