सरकारले ६ महिनाभित्रै १ सय वटा ठूला बस किन्ने

sajha-1
भदौ २३, काठमाडौं । आज व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवस्थालाई प्रभावकारी बनाउन ६ महिनाभित्रै १ सय वटा ठूला बस किनेर विभिन्न शहरमा चलाउने बताए ।

यी बस काठमाडौं, वीरगञ्ज, विराटनगर, घोराही, बुटवल, पोखरा लगायतका सहरमा सञ्चालन गरिने उनले बताए । ती बसहरु स्थानीय नगरपालिकामार्फत सञ्चालन गर्ने उनको भनाइ थियो ।

प्रचण्डले यातायातमा रहेको सिन्डिकेट अन्त्य गर्ने प्रतिवद्धता पनि जनाए । यसैगरी घोषणामा आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिने उल्लेख छ ।

काठमाडाैं उपत्यकाका दुई वटा रुटमा एकीकृत सार्वजनिक परिवहन प्रणालीबाट सार्वजनिक यातायात सेवा शुरु गर्ने र उपत्यकाको कम्तिमा एउटा रुटमा सार्वजनिक यातायातका लागि छुट्टै लेनको व्यवस्था गर्ने पनि सम्बोधनमा छ ।

मुग्लिन-नारायणगढ सडक खन्डमा आगामी चाडपर्व लक्षित गरी निर्वाध यातायातको व्यवस्था गर्ने अाश्वासन पनि प्रधानमन्त्रीले दिएको अनलाइन खबरमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *