सरकारी टोलि र बागमती सरसफाई अभियान टोलीले कालिमाटीस्थित तरकारी बजार अनुगमन गर्यो

kalimati anugaman 1इन्द्र जिजीबिषा- असोज १० काठमाडौ, बागमती सरसफाइ अभियान र कृषी मन्त्रालयको संयुक्त टोलीले आज राजधानीको कालिमाटी स्थित तरकारी बजारको अनुगमन गरेको छ | एक मात्र अन्तराष्ट्रीय स्तरको तरकारी बजारमा यो भन्दा अगाडि अनुगमन गर्दा व्यवसायीहरुले अवरोध गरेका थिए |

 गत १७६ औ हप्ता देखी निरन्तर बागमती सरसफाइ अभियान चलिरहेको छ | यस अघि अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारमा अनुगमन गर्दा त्यहाको स्थिति एकदमै खराब भेटेको थियो | सरसफाइ अभियान टोलीले कहिँ कतै फोहोर फालेको भेटेमा जरिवाना समेत गर्ने गरेको छ |

पूर्व मुख्य सचिव  लीलामणि पौडेलले ललितपुरमा गत १५ बर्ष भित्रकै सबै भन्दा बढि जरिवाना मार्फत राजश्व संकलन भएको जानकारी दिए | कृषि मन्त्रालयका सह सचिब कासीराज दाहालले फोहोर व्यबस्थापनमा पनि राजनीति हुने गरेकोले फोहोर व्यबस्थापनमा समस्या भएको हो | अहिले भने ग्रेडिङ्ग र प्याकेजिंगको लागी ५० लाख बजेट छुट्याइएको छ ,कालिमाटी फोहोर व्यबस्थापनको लागी ठेलागाडि राख्ने र त्यसले गर्दा फोहोर व्याबस्थानामा सहजता ल्याउने छ भनेर  सुचनाखबरलाई जानकारी दिएका छन् |

कालिमाटी तरकारी बजारमा दैनिक साँढे ६ लाख किलो तरकारी भित्रिन्छ र १५ देखि २० टन फोहरको व्यबस्थापन गरिन्छ | फोहोर संकलन गरेर बायो ग्यास उत्पादन गरिरहेका सनोज महतले तरकारी बजार फोहोर व्यबस्थापनको जिम्मा लिएको छ | बजार भित्र ४५० व्यवसायीहरु छन् | बजार अनुगमन गर्दा बजार भित्र केहि ठाँउ फोहोर भेटिएको थियो भने माछा बजारमा अत्यन्तै दुर्गन्ध फैलिएको थियो | अनुगमन टोलीले फोहोर भेटिएका  ठाँउमा फेरि अर्को पटक फोहोर  भेटिएमा कारवाही गर्ने चेतावानी दिएका छन् |

अनुगमन टोलीमा पूर्व मुख्य सचिव लीलामणि पौडेल, कृषी मन्त्रालयका सहसचिव कासीराज दाहाल, कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेल, भगवान चन्द्र उप्रेती, फोहोर व्यबस्थापनको जिम्मा लिएका बायो ग्यास उत्पादक सनोज महत, शान्ता ढुङ्गाना, बागमती सरसफाई अभियानका सदस्य महेन्द्र कुमार राई लगायत व्यवसायीहरुको उपस्थित थियो |kalimati phohor kalimati phohor 1 kalimati anugamankalimati kalimati1

Leave a Reply

Your email address will not be published. Required fields are marked *