सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महा सचिव पोखरेल

काठमाडौं, २९ मंसिर – नेकपा एमालेका महा सचिव ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रवीच सरकार गठन र पार्टी एकता प्रक्रिया सँग सँगै अघि बढ्ने स्पष्ट पारेका छन् ।

“सरकार गठनको सन्दर्भमा एउटा प्रक्रियाबाट अघि बढ्छ, आफ्नो हैसियत अनुसार दाबी प्रस्तुत गर्छौं, दाबी प्रस्तुत गरिसके पछि यसमा कुनै समस्या पर्छ जस्तो मलाई लाग्दैन्, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नको लागि पनि बहुमतको सरकार चलाउनु पर्छ, जनताले अहिले त्यही जनमत हामीलाई दिएका छन् ।’पोखरेलले भने ।

उनले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै बन्ने पनि दाबी गरे । उनले भने,‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै द्धिविधा छैन।’उनले निर्वाचनको परिणाम, राष्ट्रिय राजनीतिमा ओलीले खेलेको भूमिका र मुलुकको आवश्यक्तालाई हेर्दा पनि ओली नै प्रधानमन्त्री हुनेमा विवाद नहुने तर्क पनि गरे । महासचिव पोखरेलले नयाँ सरकार जनताको चाहना र मुलुकको आवश्यक्ता अनुसार अघि बढने पनि बताए ।
अगाडि उनले बहने,‘म सँग यसका दुईवटा उत्तर छन्, म वाम गठबन्धनको एउटा ठूलो घटक नेकपा एमालेको महा सचिव हुँ । मैले औपचारिक रुपमा भन्दाखेरि खासगरी मैले फलानो प्रधानमन्त्री भन्दा खेरि उचित हुँदैन, तर यस विचमा नेकप माओवादी केन्द्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री केपी शर्मा ओली भनेको कुरा म सम्झिरहेको छु, र उहाँको बोलाई प्रति मेरो भनाई के हो भने यो बुझ्ने कुरा हो, ओलीको भुमिका र प्रस्तुति र निर्वाचन परिणामले गर्दा अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हो भन्ने कुरा अन्डरस्टुड कुरा हो, यो अन्डरस्टुड कुरा भएकोले निर्णय नभए सम्म मैले भन्न मिल्दैन।’

पोखरेलले सरकार गठनको प्रक्रिया र पार्टी एकता प्रक्रिया सँग सँगै अघि बढ्ने विश्वास गर्दै थपे,‘बाम गठबन्धनको पक्षमा लगभग दुई तिहाई मत आएको छ । हामीले सरकार गठन र पार्टी एकतालाई सँग सँगै अघि बढाउने गरि छलफल सुरु गरेका छौं, फर्मल बोल्ने कुरा एउटा हो, हामी निश्कर्षमा छलफलबाट नै पुग्छौं ।’ उनले दुई पार्टीवीचको एकताले छिट्टै पूर्णता पाउने स्पष्ट पारे । उनले भने,‘एकताको प्रक्रिया कुरा जहाँसम्म छ, असोज १७ गते एकता घोषणापत्र जारी भयो, त्यहाँ हामीले विधिवत रुपमा सबै कुरा उल्लेख गरेका छौं । एकता संयोजन समिति पनि बनाएका छौं । कबुल गरिएको आधारमा संयुक्त चुनावी घोषणापत्र पनि जारी भयो। हामी दुवै पार्टीका सपना र सकंल्पहरु पनि छन् । एकताको दिशामा अघि बढ्नको लागि यो महत्वपूर्ण कुरा हो । संयोजन समितिले काम गरिरहेको छ ।’

एकताको लागि संयुक्त ड्राफ्ट तयार भैरहेकोले आज र भोली भित्रै फाईनलाईज गर्ने उनको भनाई थियो । उनले थपे,‘नीतिगत आधारमा उभिएर हामी संगठनात्मक पूर्नसंरचना गर्नुपर्छ भनेर खुल्ला हृदयका साथ छलफल गर्छौं । ओपन माईण्डबाट छलफल गर्नुपर्छ ।नीतिगत आधारहरु प्रष्टसँग प्रस्तुत गरेका छन् । संगठनात्मक पूर्नव्यस्थापन गर्दै हामी देश र जनतालाई अगाडि राखेर काम गर्छौं।’

पोखरेलले जनताको चाहना नै पार्टी एकता भएकोले अब यसले छिट्टै मुर्त रुप लिने बताए । उनले अघि थपे,‘सायद कसैले सोचेको पनि थिएन होला, सिट बाँडफाँड गर्न सक्दैनन् भनेर भनिएको थियो, तर हामीले ६० र ४० भागबण्डा गर्यौं । शक्ति विन्यास गरियो । न नेकपा एमाले भित्र न नेकपा माओवादी केन्द्र विच कतै पनि सिट बाँडफाँडमा विवाद भएन, हामीले बडो मेहनतपूर्वक त्यसलाई व्यवस्थापन गर्यौं । बाँडफाँड गर्दा, विरोध, असन्तुष्टि र बगावती भएन । जनताको चाहना दुई पार्टीवीचको एकता नै हो।’

राष्ट्रिय सभा सम्बन्धी विद्येयकको बारेमाअहिले देखिएको विवादबारे टिप्पणी गर्दै पोखरेलले भने,‘राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धी अध्ययादेश राष्टपति जी, कोमा छ, दलहरुको वीचमा सहमतिलाई खण्डित गर्ने हिसावले देउवा सरकारले एकल संक्रमण कालिन रुपमा अघि बढाउने भन्नुभयो, तर हिजो प्रधानमन्त्री देउवालाई राष्ट्रपतिले तपाई दलहरुको वीचमा सहमति गरेर ल्याउनुहोस् भन्नुभयो, तर यही अध्यादेशलाई स्विकृत गरेर समस्या हुन्छ नि, कति दिन भित्र संसदले पारित गर्नुपर्छ, हेभी रिजल्ट प्राप्त गरेका दलहरुले असन्तुष्टि पोखेका छन्, त्यो नहोस् भनेर प्रधानमन्त्रीले घासघुस हालेर हुँदैन, सहमति नै नभएको प्रसँग हालेर हुँदैन, यसमा बहुमतीय संक्रमण कालिन रुपमा जानुपर्छ।’

उनले सहमति नभई सरकारले ल्याएको राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश मान्य नहुने चेतावनी दिए ।पोखरेलले राष्ट्रपति कार्यालयमा विचाराधिन राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेशमा छिटो राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा सँग आग्रह समेत गरेका छन् ।
सरकारले आफूहरुसँग गरेको सहमति विपरित राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश राष्ट्रपति समक्ष पेश गरेकोमा महा सचिव पोखरेलको आपत्ति छ ।उनले दलीय सहमतिको आधारमा मात्रै राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश अघि बढाउन बुद्धिमत्तापूर्ण हुनेतर्फ पनि प्रधानमन्त्री देउवालाई सचेत गराए ।

महा सचिव पोखरेलले सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले स्वीकृति दिए पनि त्यो संसदबाट फेल हुने भएकाले त्यसो गर्न नहुने सुझाव पनि सरकारलाई दिए । उनले यस विषयमा राजनीतिक सहमतिका आधारमा जानु पर्नेमा जोड दिए । उनले थपे,‘ कहा÷कहाँ बाट गाईडेड भएर खेला गर्नु हुँदैन । पार्टीहरुले खेला गर्नु हुँदैन, खेलागर्दा समस्या हुन्छ। निर्वाचनलाई लेस कम्प्लिकेशन गर्ने हो, आयोगले पनि त्यही डाफ्ट पठाएको छ । दलहरुका वीचमा पनि त्यसमै सहमति भएको छ। त्यो भित्र मनशाय राम्रो छैन । जे सहमति थियो त्यही अनुसार जानुपर्छ ।’ उनले राष्ट्रपतिले अध्यायदेश जारी गर्दा दुरदशा के हुन्छ ?भन्दै प्रश्न समेत गरे । उनले थपे,‘बहुमत प्राप्त दलहरुको असन्तुष्टि छ, राष्ट्रपति भण्डारीले कुनै आग्रह विना मुलुकलाई निकास दिने ढंगले सल्टाउनुपर्छ।’
पोखरेलले एमाले र माओवादी केन्द्र दुई पार्टी वीच आन्तरिक कार्यविभाजनको कुरा इन्र्टनल बिजनेशको कुरा भएको उल्लेख गर्दै भने,‘भागबण्डा हुँदैन । यो आन्तरिक छलफलबाट टुँगिने कुरा हो । नेश्नल एजेण्डा बनाएर कसैलाई पासोमा बल्झाई हालौं भन्ने हर्कत गर्नेहरुले नगरे हुन्छ, देखिने नदेखिने हर्कत नगरे हुन्छ । ऐतिहासिक अभिभारा पूरा गर्ने गठबन्धन म्यानेज गर्ने सार्मथ्य हामी राख्छौं ।’

उनले एकतापछिको संगठनात्मक संरचना सानो हुनुपर्नेमा आफूहरुको जोड रहेको सुनाए।उनले थपे,‘भद्दा कमिटी हुँदैन । हामी चुस्त दुरुस्त संगठन बनाउँछौं।’ उनले आफू सरकारमा जाने किन जाने भन्ने कुरा पार्टीको निर्णयमा भर पर्ने कुरा भएको स्पष्ट पारे । ‘म पार्टीको कार्यकर्ता हुँ । संस्थागत निर्णय जे हुन्छ,त्यही मान्ने मान्छे हुँ । अहिले नै मैले निर्णय गर्नु उचित हुँदैन। म मात्रै होईन, अरु पनि साथीहरुले म जाने वा नजाने भन्नेबारे केही बोल्दैनन् –उनले भने।

पोखरेलले संविधान संशोधन पक्षधर शक्ति सँग कुरा गरेर मात्रै यसबारेमा निर्णय लिने स्पष्ट पारे । उनले भने,‘उहाँहरुले उठाएका संशोधनका विषयहरुलाई हामी गम्भिर रुपमा छलफल गर्छौ, के के विषय आउँछन्, कुन कुन विषयमा गर्न सकिन्छ कुन कुन विषयमा गर्न सकिँदैन हेर्छौं।’

त्यस्तै उनले तत्काल प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने समेत माँग गरेका छन् । उनले भने,‘अन्र्तराष्ट्रिय प्रचलन अनुसार आफ्नो दल निर्वाचनमा भाग लिएर अरु दलको पक्षमा जनमत आईसकेपछि राजिनामा दिनुपर्छ, उहाँ त झन कसरी सत्ता लम्ब्याउन सकिन्छ भनेर लाग्नु भएको छ, उहाँले तत्काल राजिनामा दिनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *