सरिता राईको रोहवरमा लोकमान शिंह कार्कीको घरमा म्याद टाँसियो

कार्तिक २ काठमाडौं,करिव एक महिनाको लामो प्रयासपछि मंगलबार बानेश्वरस्थित कार्कीको घरमा म्याद टाँसीएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १० की सचिव सरिता राईको रोहबरमा म्याद तामेल पत्र पढेर सुनाइएको छ । कार्तिक १ को मितिमा कार्कीको घरको पूर्व फर्किएको दैलोमा टाँसेको बयाहोरा सर्वोच्चमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

कार्की अख्तियार प्रमुख हुनका लागि आवश्यक योग्यता नभएको भन्दै परेको मुद्दामा प्रधानन्यायाधीशसहितको इजलासले पुनरावलोकन हुने फैसला सुनाएको थियो । अख्तियार प्रमुख कार्कीलाई सर्वोच्चमा उपस्थित हुन तामेली दिइएको थियो ।

आइतबार बानेश्वर पुगेको टोलीलाई अवरोध गरे पछि म्याद नटाँसी फर्किएका थिए ।

तर, सोमबार म्याद टाँसीएको छ । अबको १५ दिनभित्र विपक्षी लोकमानसिंह कार्की सर्वोच्च अदालत आफैं उपस्थित हुनुपर्ने छ वा आफ्नो प्रतिनिधि पठाउन सक्नेछ वा कार्की आफैले ३० दिनको म्याद थप्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *