सर्ट मुभीबाट कलायात्रा थालेका अनिल जिसी ठुलो पर्दाका चलचित्र हुदै क्यामारामेनमा व्यस्त

काठमाडौ- अनिल जिसी “बुलेट” नामले परिचित छन् । पछिल्लो समयमा उनी कला जगतमा कमेडी कलाकार , मोडेल र क्यामारा पर्सनको रूपमा परिचित छन् । उनले यो क्षेत्रमा १३ बर्ष घामपानी सहेका छन् । धेरै सिरियल र म्युजिक भिडियोमा अभिनय गरेका जिसि मिलनसार र मेहनती पनि छन् । सर्ट मुभीबाट कला यात्रा थालेका उनले अहिले ब्यस्त कलाकार हुन् भने चर्चित क्यामरा पर्सन पनि हुन् ।

भन्छन् कलामा रहरले मात्र सिद्ध हुन सकिदैन, मेहनत अति आवस्यक हुन्छ । हाल फोकटलाल र लौ खत्तम जस्ता सिरियलमा ब्यस्त रहेका जिसी
मजबुर, मस्ती, टक्कर दुई मुटुको, देशले रगत मागे, जस्ता चलचित्रमा उनलाई देख्न सकिन्छ ।

कमेडी रोलमा जम्दै गरेका जिसी आफ्नो रोललाई न्याय दिन सक्ने कलाकारको रुपमा चिनिन्छन् । उनको दर्जनभन्दा बढी म्युजिक भिडियो छन् भने हाल क्यामरा मेनको परिचय बनाउदै छन् । आजको समयसम्म आइपुग्न उनलेे धेरै पिना पेल्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *