सर्लाहीको समानुपातिक मतगणना बिहानै देखि सुरु, फोरमलाई राजापाले उछिनो

काठमाडौ २ पुस – समानुपातिकतर्फको अन्तिम परिणाम घोषणामा ढिलाइ भएको छ । समानुपातिकतर्फ अब सर्लाहीको १ क्षेत्रको मात्रै गणना बाँकी छ । आयोगका अनुसार, चिसोका कारण शनिबार रोकिएको यहाँको गणना आइतबार बिहानैदेखि सुरू भएकाे छ ।

प्रत्यक्षतर्फको गणना बुधबार नै सकाएको आयोगले सर्लाहीको गणना सकिएलगत्तै समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५ मत हासिल गर्दा नेपाली कांग्रेस ३१ लाख ११ हजार ६४३ मतका साथ उसलाई पछ्याइरहेको छ । नेकपा (माओवादी केन्द्र) को पक्षमा हालसम्म १२ लाख ९५ हजार ९०३ मत परेको छ ।

समानुपातिकतर्फकाे गणनामा सुरूदेखि नै राष्ट्रिय जनता पार्टी नेपाललार्इ पछि पारेकाे संघीय समाजवादी फाेरम नेपाल गणना अन्तिम चरणमा अाइपुग्दा पछि परेकाे छ । अन्तिम परिणाममा राजपा चार लाख ७० हजार ४८६ मत देखिएको छ भने संघीय समाजवादी फोरमकाे पक्षमा चार लाख ६९ हजार ४६१ मत परेकाे छ ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *