सशत्र प्रहरी बलको १२ हप्ते तालिम, समादेशक कृष्णभक्त ब्रम्हाचार्यद्वारा उद्धघाटन

विचारी चाम्लिङ्ग / नुवाकोटस्थित ए,पी, एफ, यु,एन, पी, टी,सी, ले सि.सं. दुईसय सत्तरी विल्लादार वेशिक तालिमको पहिलो प्रवचन (ओपेनिङ्ग सेरेमोनी) हालै सम्पन्न गरेको छ । उक्त तालिम मानवश्रोत विकास विभाग सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको अनुसार ए,पी,एफ,यु,एन, पी, टी,सी, सशस्त्र प्रहरी बल¸नेपाल यू.एन शान्तिस्थापना तालिम केन्द्र ककनी¸नुवाकोटमा संचालन भएको थियो ।

उक्त तालिममा, तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यले उद्धघाटन गरेका थिए । तालिम उदघाटन कार्यक्रममा तालिम सम्बन्धी कार्य योजना सशस्त्र प्रहरी निरीक्षक सुरेश महर्जनले प्रस्तुत गरेका थिए भने,उक्त तालिममा सहभागीहरुलाई सशस्त्र प्रहरी निरीक्षक सुभाष खड्काले धन्यवाद दिएका थिए ।

सशस्त्र प्रहरी जवानहरुलाई बढुवा हुनको लागि अनिवार्य १२ हप्ता अवधीको यस तालिममा विभिन्न सशस्त्र प्रहरी युनिटहरुबाट महिला १३ र पुरुष ३७ गरी जम्मा ५० जना प्रशिक्षार्थीहरु समावेश भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *