साँस्कृतिक प्रतिरोध दिवस मनाईने

आयुष न्यौपाने
बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले बर्दियामा वडा स्तरिय कमिटि गठन गरेको छ ।

बर्दियाको राजापुर नगरपालिकाको वडा न ४ मा आज आयोजित एक भेलाले कमिटि गठन गरेको हो ।

उक्त भेलाबाट सोनिका मल्लको संयोजकत्वमा ११ सदस्यीय वडा कमिटि गठन भयो ।

संगठनको सदस्यहरूमा  संगठन भवानि सिंह, सुनिता सिंह, निर्मला चौलागाई, शोभा सिंह, सरस्वति श्रेष्ठ, प्रमिला आचार्य, संगिता मल्ल, तारा वलि लगायत रहेका छन ।

उक्त कमिटिको पहिलो बैठकले आगामि सोमबार राजापुरमा पार्टीले आयोजना गरेको साँस्कृतिक प्रतिरोध दिवसमा सहयोग गर्ने र जन परिचालन खर्ने निर्णय गरेको छ ।

उक्त भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाके बर्दिया ईन्चार्ज भुपेन्द्र, बर्दिया सह ईन्चार्ज खडक मल्ल, पार्टी सेक्रेटरी लोकेश लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *