साझाले भक्तपुरमा आफ्नो बस चलाउने अनुमति पाए संगै सिन्डकेट अन्त्य भएको छ

काठमाडौ ७ जेठ-साझा यातायातले निक्कै लामो समयको निरन्तर प्रयासपछि रुट पर्मिट पाएको छ । रुट परमिट पाए संगै भक्तपुर यातायात व्यवसायीहरुको एकाधिकार तोडिएको छ । यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने गरी रुट इजाजत दिएको हो ।

अब स्वयम्भुबाट सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर- सहीदगेट- सिंहदरबार- माइतिघर- बबरमहल- नयाँबानेश्वर-मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म सम्म जाने यातायात ब्यवस्था विभागका प्रवक्ता डाा. टोकराज पाण्डेले जानकारी दिए ।

साझाले कोटेश्वरबाट सानोठिमी- पुरानोठिमी- भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।

यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ । ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *