सात सदस्यीय समिति गठन गर्दै,क्रान्तिकारी माओवादी बाँकेको एरिया भेला सम्पन्न

बाँके ८ असोज- नेकपा क्रान्तिकारी माओवादी बाँके बिभिन्न एरियाहरूमा भेला, सम्मेलनको काममा जुटेको छ । संगठन निर्माण अभियान अन्तर्गत क्रान्तिकारी माओवादी बाँकेले गत असोज ५ गते एरिया न. ३ को प्रथम भेला तथा बैठक सम्पन्न गरेको थियो ।

क्रान्तिकारी माओवादी बाँकेको ३ नम्बर एरिया सचिव धनविर चौधरीको सभापतित्वमा सम्पन्न उक्त भेलालाई पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भुपेन्द्र न्यौपाने सङ्कुलले सम्बोधन गरेका थिए ।

नेता न्यौपानेले अहिलेको राज्य व्यवस्था जनताको नभई माफिया, भ्रष्टाचारी, कालाबजारी र दलाल पुँजीपति, सामन्त वर्गको भएको हुदा नयाँ जनवादी क्रान्तिको विकल्प नभएको बताए । उनले नव गठित एरिया कमिटीलाई पार्टीको विधि र विधान भित्र रहन निर्देशन गर्नुका साथै सफलताको शुभकामना समेत दिए ।

उक्त कार्यक्रममा देजमो बाँकेका जिल्ला संयोजक तेज बिक्रम शाहीले दस बर्षको महान जनयुद्धका मुद्दामा तुषारापात गर्ने काम बाबुराम र प्रचण्डबाट भएको हुदा एक मात्र विकल्प नेकपा क्रान्तिकारी माओवादी भएकोले दृढ संकल्पका साथ पार्टीको काममा लाग्नुपर्ने धारणा राखे ।

उक्त भेलाले एरिया सचिव धनविर चौधरीलाई सर्वसम्मत चयन गरि ७ सदस्यीय समिति गठन गरेको क्रान्तिकारी माओवादी बाँकेले जनाएको छ । नव निर्वाचित कमिटीका नेताहरूले पार्टीको योजनामा ढृढतापूर्वक लाग्ने संकल्प गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *