साना तथा मझौला व्यवसायी महासंघ, नेपालको चौथो महाविधेशन सम्पन्न, शाक्यको अध्यक्षमा नयाँ कार्य समिति चयन

काठमाडौं, पुस – साना तथा मझौला व्यवसायी महासंघ, नेपालको चौथो महाधिवेशन तथा १३ औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले हिजो सम्पन्न भएको महाधिवेशन र नयाँ कार्यसमिति बारे जानकारी गराएको हो ।
यही पुस २८ गते काठमाडौंस्थित् नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको महाधिवेशनले नयाँ केन्द्रिय कार्यसमिति सर्वसम्मतीमा चयन गरेको छ । नवनियुक्तअध्यक्षमा गुह्य रत्नशाक्य, निर्वतमान अध्यक्ष जंगबहादुर श्रेष्ठ, सह–अध्यक्ष गणेश बहादुर सुवेदी, बरिष्ठ उपाध्यक्ष गिरीराज गौतम, प्रथम उपाध्यक्षहरु सरोज श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, द्धितीय उपाध्यक्षहरु बलराम भण्डारी, मदनमहर्जन र हिरा बहादुर प्रधान, तृतीय उपाध्यक्षहरु नरेश प्रसाद सिंह, शैलेन्द्र मोहन झा र चतुर्थ उपाध्यक्षमा मोहिनी विलास लुईंटेल निर्वाचित भएका छन् ।

त्यस्तै महिला उपाध्यक्षहरुमा यमुनादेवी श्रेष्ठ र विष्णु घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । यता वस्तुगत संघहरु मध्येबाट उपाध्यक्षमा माधव केसी, एसोसियट सदस्यहरु मध्येबाट उपाध्यक्ष विजु शाक्य, महासचिव सुमन सुवाल, कोषाध्यक्ष धर्मनन्द श्रेष्ठ, सचिव विश्वराम दुवाल, सह–कोषाध्यक्ष यज्ञ बहादुर थापा निर्विरोध निर्वाचित भएको महासंघले जनाएको छ ।

शाखा-जिल्ला संघबाट महिला समेत सदस्य(केन्द्रिय) केदार कुमार कटुवाल, सलिना लामा, सुवास महर्जन, कृष्ण प्रसाद शर्मा , शर्मिला कार्की, रेखाबहादुर अधिकारी, छेटुप तामाङ् र कोमल प्रसाद उपाध्याय निर्वाचित भएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष शाक्यले भने,‘महासंघको अवधारण अनुसार हामी चल्न सकेका छैनौं, सरकारले हामीलाई जसरी सहयोग गर्नु पर्ने थियो, तर गरेन, सरकारको नीति नै असहयोगी छ।’ उनले एसईमी जस्तो बंगलादेश प्रगति हुन नसकेको गुनासो पोखे । शाक्यले भने,‘एस.एम.ई मन्त्रालय नै नेपालमा गठन हुनुपर्छ, सरकारले अब यतातिर ध्यान दिओस्।’ दरिलो नेपालको अर्थतन्त्र बनाउन साना तथा मझौैला व्यवसायले ठूलो टेवा पुर्याउन सक्छ भन्ने आफूहरुको बुझाइ रहेको उनले सुनाए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गिरी, प्रथम उपाध्यक्ष ढकाल लगायतले महाधिवेशनले गरेका निर्णयहरु र आगामी कार्यदिशाको बारेमा आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले एस.एम.ई स्कुल र उत्पादनमुखी अर्थतन्त्र बनाउन तिर अब बन्ने सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा नवनिर्वाचित महिला उपाध्यक्ष यमुनादेवी श्रेष्ठले पनि आफ्नो धारणा राखेकी थिईन् । उनले भनिन्,‘पदमा बस्नु ठूलो कुरा होईन, महासंघले जनताको हितमा काम गर्नु पर्यो, र उद्यमीहरुलाई सिर्जनशील कामगर्न प्रेरित गर्नुपर्छ।’

५० प्रतिशत महिलाहरु उद्यमी भएको उल्लेख गर्दै हालै सरकारले महिला, लोपोन्मुख, दलितले उद्योग चलाउने हो भने सहुलियत दिने र उद्योग दर्ता निःशुल्क गर्ने निर्णय गर्नु स्वागत योग्य भएको उनको भनाई थियो ।

महासचिव सुमन सुवालद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘महासंघले नेपालको बदलिदो परिस्थितिमा नेपाल सरकारको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सापेक्ष हामी नेपालीका लागि हिमाल, पहाड र तराईका व्यवसायीहरूको आर्थिक उन्नतीमा साना तथा मझौला व्यवसायी महासंघले नयाँ संघीय संरचना अनुरुप आफ्नो कार्यदिशा अगाडि बढाउने प्रतिवद्धता व्यक्ति गदछौँ ।’

महासंघको चौथो महाधिवेशन तथा १३औँ वार्षिक साधारण सभामा ५० वटा जिल्लाहरूबाट तथा बस्तुगत, एसोसिएट र अन्य क्षेत्रहरूबाट पनि महाधिवेशनमा प्रतिनिधिहरूको सहभागिता रही गुह्या रत्नशाक्यको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको जानकारी गराएको छ ।

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार एवम् सञ्चारकर्मी ज्यूहरू,
परिवर्तित राष्ट्रिय परिस्थिति र नेपालको वर्तमान राजनीतिको मूलमार्ग अनुरुप साना तथा मझौला व्यवसायी महासंघलाई सुव्यवस्थित एवम् सदृढपार्दै मुलुकलाई सबल आर्थिक दिशामा अग्रसर गराउनका निमित्त उद्योग व्यापार लगायत व्यवसायीमुखी मुलुक बनाउने लक्ष्यलाई मूलमार्ग मान्दै महासंघले एकघर एक व्यवसायको अवधारणामा प्रतिवद्धभै साना तथा मझौला व्यवसायको विकास र विस्तार गरी मुलुकमा उत्पादित निर्यात योग्य बस्तुहरू परिचालन गरी निर्यात व्यापारलाई द्रुत रुपमा विकास गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्दै देशको अर्थतन्त्रलाई दरिलो बनउन एस.एम.ई.एस.हरूको आर्थिक उन्नतीका निमित्त महासंघले सरकारी तथा गैर सरकारी संघ संस्थाहरू निजी क्षेत्रका औद्योगिक व्यापारिक व्यवसायिक संस्थाहरू र महांसघमा आवद्ध वस्तुगत महासंघ, संस्थागत एसोसियसन आजीवन सदस्यका साथै देशभरमा जिल्ला शाखाहरू एवम् छरिएर रहेका व्यवसायीहरूसँग समन्वय सहकार्य गर्दै महासंघले विभिन्न व्यवसायिक मुलक कार्यक्रमहरू प्रवद्र्धन गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छौँ । महासंघले नेपालको बदलिदो परिस्थितिमा नेपाल सरकारको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सापेक्ष हामी नेपालीका लागि हिमाल, पहाड र तराईका व्यवसायीहरूको आर्थिक उन्नतीमा साना तथा मझौला व्यवसायी महासंघले नयाँ संघीय संरचना अनुरुप आफ्नो कार्यदिशा अगाडि बढाउने प्रतिवद्धता व्यक्ति गदछौँ ।
हिजो सम्पन्न महासंघको चौथो महाधिवेशन तथा १३औँ वार्षिक साधारण सभामा ५० वटा जिल्लाहरूबाट तथा बस्तुगत, एसोसिएट र अन्य क्षेत्रहरूबाट पनि महाधिवेशनमा प्रतिनिधिहरूको सहभागिता रही श्री गुह्यारत्न शाक्यज्यूको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । सो कार्यक्रममा नेपाल सरकारका माननीय वाणिज्यमन्त्री श्री मीनबहादुर विश्वकर्माज्यूबाट समुद्घाटन भइ अत्यन्त उत्साहका साथ महाधिवेशन सम्पन्न भएको कुरा जानकारी गराउँछौँ ।

सुमन सुवाल
महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *