साहित्य महासङ्घ यूकेले १०९ औं महाकवि देवकोटा जयन्ति मनायो ।

सुरेन्द्र इङ्नाम / केन्ट, वेलायत- गत ४ नोवेम्बर २०१७ को दिन बेलायतको नेपाली भान्साघर रेष्टुराको सभाहलमा, आशफोर्डमा विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्म जयन्ति समारोह सम्पन्न ग¥यो ।

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षता रहेको उक्त समारोहमा बेलायत तथा नेपालबाट पाल्नु भएको साहित्यप्रेमी र साहित्यनुरागीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्याअर्पण पश्चात गीतकार टि माया राईबाट महाकवि देवकोटाको जीवनी प्रस्तुत गरेका थिए ।

पहिलो चरणको सम्मान कार्यक्रममा दिपेन्द्र थुलुङ राई र लाहाङ चेम्जोङलाई सम्मान गरिएको थियो । त्यसका साथै विश्व नेपाली साहित्य महासङ्घ केन्द्रले रसियन भाषामा प्रकाशित गरेको कविताहरुको सङ्ग्रह “नेपाली कविता कुञ्ज” पनि सम्मानित द्धय, बिनेसाम साउथका अध्यक्ष बिजय हितान र साहित्यकार घन थापाले संयुक्त रुपमा विमोचन गरे ।

सिर्जना वाचन गर्नेक्रममा टि माया राई, घन थापा, अमित थेबे, लोक बहादुर गुरुङ, लाहाङ चेम्जोङ, बिजय हितान, विश्वास दीप तिगेला, औतारी साईला, चन्द्रावती राई, जानुका पुन मगर “ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो” गाउनु भयो र मोहन लिम्बुले आफ्नै कम्पोज र शब्द रहेको गीत गायकीमा प्रस्तुत गरेका थिए भने सुरेन्द्र इङ्नामले बाँसुरीमा देबकोटाको गीती कविता “कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो” लाई बजाएर सुनाएका थिए ।

दोस्रो चरणको समिक्षात्मक कार्यक्रममा अमित थेबेले शोभा कुमारी गजुरेलद्घारा लिखित “संविधान कस्का लागी” कविता सङ्ग्रहको समिक्षा गरे । उक्त संग्रहमा ६४ वटा कविताहरु अटाएका छन । लेखिका आफै देश द्घन्दकालमा विस्थापित भएर जर्मन, बेल्जियम हुदै फ्रान्स आएर बसोवास गरिरहेकी छिन । कविता सङ्ग्रहका “यो संविधान कस्का लागी” शिर्षकको कविता पनि वाचन गरेका थिए । कवियत्री वामपन्थि नेता सीपी गजुरेलको सुपुत्री हुन ।

दिउसो १२ बजेबाट शुरु भएर साँझ ५ बजे सम्म चलेको उक्त समारोहलाई समारोहका अध्यक्ष तिगेलाले य’केमा आउदो बर्ष विश्व साहित्य सम्मेलन गर्ने योजना ख’लाउदै, सहभागी सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम विषर्जन गरे । कार्यक्रमलाई साउथ शाखाका अध्यक्ष बिजय हितानले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *