सिंगापुरलाई हराउदै नेपाल समूह विजेता

काठमाडौं २९ भदौ – एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई ७ विकेटले पराजित गरेको छ। सिङ्गापुरलाई पराजित गरेसँगै नेपाल समूह विजेता बनेको छ।

छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् । अब नेपालले फाइनल प्रवेशको लागि समूह बि को उपविजेतासँग खेल्नेछ ।

सिङ्गापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा नै भेट्टाएको थियो। नेपालका लागि ओपनर सन्दीप सुनारले २० रनको योगदान दिए। यस्तै, अनिलकुमार साहले १८ रन जोडे। यस्तै सुमित महर्जन ११ र सन्दिप जोरा ७ रनमा अविजित रहदा आसिफ शेख ६ रन बनाए ।

सिंगापुरका अभी दिक्षितले २ तथा अनश भर्गावाले १ विकेट लिए यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । नेपाली बलरले किफायती बलिङ प्रदर्शन गरेपछि सिंगापुरका सिधान्त र अर्यमान सुनीलले समान २० – २० रन बनाए भने रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा पवन सर्राफले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र १२ रन खर्चिएका थिए । किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १/ १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *