सिनामंगलमा एक युवती अचेत अवस्थामा फेला

काठमाडौं ८ साउन – काठमाडौंको सिनामंगलस्थित गुहेश्वरी स्कुल नजिकै बाग्मती खोलामा एक युवती अचेत अवस्थामा भेटिएकी छिन् ।

अन्दाजी २० वर्षीया अन्जना लिम्बु विहान ७ बजे अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उनको उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।

उनी कसरी अचेत भइन् भन्नेबारे प्रष्ट हुन सकेको छैन । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *